रास्वपाको पार्टी भेला स्थगित, सभापति लामिछाने भूकम्प प्रभावित क्षेत्रमा जाँदै

२०८० कार्तिक १८ गते, शनिबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार पाल्पाको तानसेनमा आयोजना गर्न लागेको पार्टीको भेला स्थगित गरेको छ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा ठुलो धनजनको क्षति भएको पार्टीले आफ्नो पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको हो ।

यस विपद्को समयमा पार्टीको भेला गर्नु उपयुक्त नहुने सभापति रवि लामिछानेले बताएका छन् । कार्यक्रम स्थगित गरेर आफू भूकम्प प्रभावित क्षेत्रमा जाने पनि सभापति लामिछानेले बताएका छन् । उनले भनेका छन्, ‘कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पले ठुलो क्षति भएकोमा अत्यन्त मर्माहत छौँ। ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र उपचार र स्वास्थ्य लाभको कामना गर्दछौँ।विपद्को यो घडीमा सरकारलाई सम्पूर्ण साधनश्रोत परिचालन गरेर उद्धार तथा राहतमा केन्द्रित हुन आग्रह गर्दछौँ। साथै रास्वपा जाजरकोटका सबै सदस्यहरूलाई उद्धाररराहत कार्यमा सक्रियताका साथ संलग्न हुन पनि आग्रह गर्दछौँ।’

155 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील

२०८३ आश्विन १२ गते, सोमबार

बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील

२०८३ आश्विन १२ गते, सोमबार

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

२०८३ आश्विन १२ गते, सोमबार

पर्यटनः चुनौती, अवसर र दिगो यात्रा

२०८३ आश्विन १२ गते, सोमबार

छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना

२०८३ आश्विन १२ गते, सोमबार

देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध

२०८३ आश्विन १२ गते, सोमबार

अविरल वर्षाका कारण ललितपुरमा ढल्यो साढे दुई तले घर

२०८३ आश्विन १२ गते, सोमबार

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

२०८३ आश्विन १० गते, शनिबार

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal