गीत संगीतकी त्रिवेणी अनिता कुँवर

२०८० कार्तिक १७ गते, शुक्रबार

अनिता कुवँर मूलतः संगीत सर्जक हुन । कर्म सिद्धि यात्राको क्रममा आफूलाई गायिकाकै रुपमा चिनाउँदै लगेपनि वास्तवमा उनी संगीतकी त्रिवेणी हुन् । सांगीतिक दुनियाँमा अनिताले आफूलाई गायन, शब्द र संगीतलाई एकसाथ आत्मसात् गर्दै लगेकी छिन् । त्यसैले त अनिताले संगीतको यात्रालाई पराई हुन नदिई कर्मले संगीतलाई पराई हुनबाट बचाउँदै आफन्त बनाए गीत संगीतलाई ।
बाबु यम बहादुर कुवँर र आमा सानुमाया कुवँरको कोखबाट गोर्खाको मनकामनामा जन्मीएकी अनिताले स्नातकसम्मको अध्ययन गरेकी छिन् । मान्छेको परिचय स्थापित हुन, मान्छेको प्रतिभा स्फूटन हुन वातावरणको पनि ठूलो भूमिका हुन्छ । उनका लागि स्कूल नै स्कूलिङ भयो सांगीतिक वातावरण सिर्जना गर्न । उनको हौसला, प्रेरणा साथीहरु भए र शिक्षक पनि । कुनै पनि कर्मको शुरुवातले जब उत्साह पाउँछ, जब हौसला पाउँछ, जब प्ररेणा पाउँछ तब न कर्मले सफलताको बाटो चुम्दै जानेछ । अध्ययन कालमा भएका सांगीतिक प्रतियोगितामा जब उनलाई गायनबाटै प्रथम स्थान मिल्यो त्यसले प्रशस्त उर्जा मिल्यो । आफूलाई जाँच्ने कसी प्रथम स्थान थियो । त्यतिबेला अनिताले बुझिन् की बुझिनन् तर उनको स्वरले परिक्षा उत्तीर्ण गरिसकेको थियो ।


आफन्तहरुको हौसला एवं प्ररेणा मिलिरहेको बेला उनले ‘पराई’ रोजिन् । ‘पराइ’ उनको गीति एल्वम थियो । २०७४ सालमै उनले हिम्मत जुटाइन् । आफ्नै शब्द, संगीत र स्वरको त्रिवेणीलाई मिसाएर पराई नामक एल्बम लिएर आईन् । तर पराईले नामको विपरीत धेरै आफन्त दियो । पराईबाट संगीतमा उनको चिनारी त भयो नै सँगसँगै उनका अनुयायी भए । त्यसो त संगीतमा परिपक्वता आउन बाँकी नै छ । अध्ययन र सिकाई त मान्छेको जीवनमा कहिले पुरा हुन्छ र ! ? तै पनि ताते ताते गर्दै उनी संगीतमा आएकी थिइन् । अहिले ठमठमी हिडिरहेकी छिन् । यो हिँडाईलाई दौडाई बनाउन भने बाँकी नै छ । सफलता कहिले सानो र ठूलो हुँदैन । सफलता भनेको सफलता नै हुन्छ । क्रमश अनितालाई “आज की भोलिमा“, “हजारौं चोट, पलपल हरपल“, “वासना“, “ढाकाटोपी“, “यो माया“, “दिदिबहिनी माइतिघरमा“, “आखैंमा घाम प¥यो“ जस्ता गीतहरुले उनलाई परिचय थपिरहेका छन् । स्वरलाई तिखारी रहेका छन् । संगीत, शब्द र स्वरको त्रिवेणीमा प्रवेश गरेपनि अनिता यतिखेर गन्तव्यको एकै पथमा हिंडिरहेकी छिन् । ०७४ देखि अहिलेसम्म उनले एक दर्जन भन्दा बढी राम्रा गीतहरुमा स्वर दपईसकेकी छिन् ।


रुची त अनिताको गीत संगीतमा मात्र होइन सिनेमामा पनि थियो । त्यसैले त यतिखेर निर्माण भएको चलचित्र “चिठ्ठी“ मार्फत् सिनेमा निर्माणमा पनि हात हालेकी छिन् । उनी यो चलचित्रमा सह–निर्माताको रुपमा छिन् । सिनेमाको मोहलाई पुरा गर्दै “चिठ्ठी“ मार्फत निर्माणमा आएको र कथावस्तु, निर्माण टिम राम्रो भएमा भोलि फेरी पनि निर्माणमा लाग्ने सोच उनमा रहेको छ । अझै मोडलिङमा पनि अनिताको रुची छ । त्यसैले आफ्ना गीतमा मोडलिङ समेत गरेकी छिन् ।

आठौं म्यूजिक खबर म्यूजिक अवार्डमा नोमिनेशनसम्म सीमित रहेकी अनिता “नेशनल इन्टरटेन्टमेन्ट अवार्ड ०७७“ मा सर्वाेत्कृष्ट गायिका भएकी छन् । नोमिनेशनकै हिसाबमा त उनी “पिम नेपाल म्यूजिक अवार्ड ०७७“ मा पनि थिइन् । “पिम नेपाल व्यक्ति कला सम्मान २०८०“ बाट सम्मान समेत उनले पाएकी छिन् । अवार्ड सम्मान उनको मानक हुन्, आफ्नो कर्मको मूल्याङ्कन हुन् त्यसैले उनी खुशी छन् । पहिले एल्वम नै आधुनिक गीतबाट शुरु गरेकी अनिता आफूलाई फेरी सक्रिय पुर्वक प्रोजेक्टहरु गरिरहेकी छिन् । यत्ति हो गीत संगीतको लागि उनको कर्म निरन्तर छ ।

152 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal