गीत संगीतकी त्रिवेणी अनिता कुँवर
अनिता कुवँर मूलतः संगीत सर्जक हुन । कर्म सिद्धि यात्राको क्रममा आफूलाई गायिकाकै रुपमा चिनाउँदै लगेपनि वास्तवमा उनी संगीतकी त्रिवेणी हुन् । सांगीतिक दुनियाँमा अनिताले आफूलाई गायन, शब्द र संगीतलाई एकसाथ आत्मसात् गर्दै लगेकी छिन् । त्यसैले त अनिताले संगीतको यात्रालाई पराई हुन नदिई कर्मले संगीतलाई पराई हुनबाट बचाउँदै आफन्त बनाए गीत संगीतलाई ।
बाबु यम बहादुर कुवँर र आमा सानुमाया कुवँरको कोखबाट गोर्खाको मनकामनामा जन्मीएकी अनिताले स्नातकसम्मको अध्ययन गरेकी छिन् । मान्छेको परिचय स्थापित हुन, मान्छेको प्रतिभा स्फूटन हुन वातावरणको पनि ठूलो भूमिका हुन्छ । उनका लागि स्कूल नै स्कूलिङ भयो सांगीतिक वातावरण सिर्जना गर्न । उनको हौसला, प्रेरणा साथीहरु भए र शिक्षक पनि । कुनै पनि कर्मको शुरुवातले जब उत्साह पाउँछ, जब हौसला पाउँछ, जब प्ररेणा पाउँछ तब न कर्मले सफलताको बाटो चुम्दै जानेछ । अध्ययन कालमा भएका सांगीतिक प्रतियोगितामा जब उनलाई गायनबाटै प्रथम स्थान मिल्यो त्यसले प्रशस्त उर्जा मिल्यो । आफूलाई जाँच्ने कसी प्रथम स्थान थियो । त्यतिबेला अनिताले बुझिन् की बुझिनन् तर उनको स्वरले परिक्षा उत्तीर्ण गरिसकेको थियो ।

आफन्तहरुको हौसला एवं प्ररेणा मिलिरहेको बेला उनले ‘पराई’ रोजिन् । ‘पराइ’ उनको गीति एल्वम थियो । २०७४ सालमै उनले हिम्मत जुटाइन् । आफ्नै शब्द, संगीत र स्वरको त्रिवेणीलाई मिसाएर पराई नामक एल्बम लिएर आईन् । तर पराईले नामको विपरीत धेरै आफन्त दियो । पराईबाट संगीतमा उनको चिनारी त भयो नै सँगसँगै उनका अनुयायी भए । त्यसो त संगीतमा परिपक्वता आउन बाँकी नै छ । अध्ययन र सिकाई त मान्छेको जीवनमा कहिले पुरा हुन्छ र ! ? तै पनि ताते ताते गर्दै उनी संगीतमा आएकी थिइन् । अहिले ठमठमी हिडिरहेकी छिन् । यो हिँडाईलाई दौडाई बनाउन भने बाँकी नै छ । सफलता कहिले सानो र ठूलो हुँदैन । सफलता भनेको सफलता नै हुन्छ । क्रमश अनितालाई “आज की भोलिमा“, “हजारौं चोट, पलपल हरपल“, “वासना“, “ढाकाटोपी“, “यो माया“, “दिदिबहिनी माइतिघरमा“, “आखैंमा घाम प¥यो“ जस्ता गीतहरुले उनलाई परिचय थपिरहेका छन् । स्वरलाई तिखारी रहेका छन् । संगीत, शब्द र स्वरको त्रिवेणीमा प्रवेश गरेपनि अनिता यतिखेर गन्तव्यको एकै पथमा हिंडिरहेकी छिन् । ०७४ देखि अहिलेसम्म उनले एक दर्जन भन्दा बढी राम्रा गीतहरुमा स्वर दपईसकेकी छिन् ।

रुची त अनिताको गीत संगीतमा मात्र होइन सिनेमामा पनि थियो । त्यसैले त यतिखेर निर्माण भएको चलचित्र “चिठ्ठी“ मार्फत् सिनेमा निर्माणमा पनि हात हालेकी छिन् । उनी यो चलचित्रमा सह–निर्माताको रुपमा छिन् । सिनेमाको मोहलाई पुरा गर्दै “चिठ्ठी“ मार्फत निर्माणमा आएको र कथावस्तु, निर्माण टिम राम्रो भएमा भोलि फेरी पनि निर्माणमा लाग्ने सोच उनमा रहेको छ । अझै मोडलिङमा पनि अनिताको रुची छ । त्यसैले आफ्ना गीतमा मोडलिङ समेत गरेकी छिन् ।
आठौं म्यूजिक खबर म्यूजिक अवार्डमा नोमिनेशनसम्म सीमित रहेकी अनिता “नेशनल इन्टरटेन्टमेन्ट अवार्ड ०७७“ मा सर्वाेत्कृष्ट गायिका भएकी छन् । नोमिनेशनकै हिसाबमा त उनी “पिम नेपाल म्यूजिक अवार्ड ०७७“ मा पनि थिइन् । “पिम नेपाल व्यक्ति कला सम्मान २०८०“ बाट सम्मान समेत उनले पाएकी छिन् । अवार्ड सम्मान उनको मानक हुन्, आफ्नो कर्मको मूल्याङ्कन हुन् त्यसैले उनी खुशी छन् । पहिले एल्वम नै आधुनिक गीतबाट शुरु गरेकी अनिता आफूलाई फेरी सक्रिय पुर्वक प्रोजेक्टहरु गरिरहेकी छिन् । यत्ति हो गीत संगीतको लागि उनको कर्म निरन्तर छ ।
ताजा
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’
२०८३ बैशाख २७ गते, आईतवार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबार
सार्वजनिक जग्गा खाली गर्नु नै उचित
२०८३ बैशाख २५ गते, शुक्रबार
प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा
२०८३ बैशाख २४ गते, बिहीबार
आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
२०८३ बैशाख २४ गते, बिहीबार
दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
२०८३ बैशाख २४ गते, बिहीबार
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री
२०८३ बैशाख २२ गते, मंगलवार
सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए
२०८३ बैशाख २२ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





