गीत संगीतकी त्रिवेणी अनिता कुँवर

अनिता कुवँर मूलतः संगीत सर्जक हुन । कर्म सिद्धि यात्राको क्रममा आफूलाई गायिकाकै रुपमा चिनाउँदै लगेपनि वास्तवमा उनी संगीतकी त्रिवेणी हुन् । सांगीतिक दुनियाँमा अनिताले आफूलाई गायन, शब्द र संगीतलाई एकसाथ आत्मसात् गर्दै लगेकी छिन् । त्यसैले त अनिताले संगीतको यात्रालाई पराई हुन नदिई कर्मले संगीतलाई पराई हुनबाट बचाउँदै आफन्त बनाए गीत संगीतलाई ।
बाबु यम बहादुर कुवँर र आमा सानुमाया कुवँरको कोखबाट गोर्खाको मनकामनामा जन्मीएकी अनिताले स्नातकसम्मको अध्ययन गरेकी छिन् । मान्छेको परिचय स्थापित हुन, मान्छेको प्रतिभा स्फूटन हुन वातावरणको पनि ठूलो भूमिका हुन्छ । उनका लागि स्कूल नै स्कूलिङ भयो सांगीतिक वातावरण सिर्जना गर्न । उनको हौसला, प्रेरणा साथीहरु भए र शिक्षक पनि । कुनै पनि कर्मको शुरुवातले जब उत्साह पाउँछ, जब हौसला पाउँछ, जब प्ररेणा पाउँछ तब न कर्मले सफलताको बाटो चुम्दै जानेछ । अध्ययन कालमा भएका सांगीतिक प्रतियोगितामा जब उनलाई गायनबाटै प्रथम स्थान मिल्यो त्यसले प्रशस्त उर्जा मिल्यो । आफूलाई जाँच्ने कसी प्रथम स्थान थियो । त्यतिबेला अनिताले बुझिन् की बुझिनन् तर उनको स्वरले परिक्षा उत्तीर्ण गरिसकेको थियो ।
आफन्तहरुको हौसला एवं प्ररेणा मिलिरहेको बेला उनले ‘पराई’ रोजिन् । ‘पराइ’ उनको गीति एल्वम थियो । २०७४ सालमै उनले हिम्मत जुटाइन् । आफ्नै शब्द, संगीत र स्वरको त्रिवेणीलाई मिसाएर पराई नामक एल्बम लिएर आईन् । तर पराईले नामको विपरीत धेरै आफन्त दियो । पराईबाट संगीतमा उनको चिनारी त भयो नै सँगसँगै उनका अनुयायी भए । त्यसो त संगीतमा परिपक्वता आउन बाँकी नै छ । अध्ययन र सिकाई त मान्छेको जीवनमा कहिले पुरा हुन्छ र ! ? तै पनि ताते ताते गर्दै उनी संगीतमा आएकी थिइन् । अहिले ठमठमी हिडिरहेकी छिन् । यो हिँडाईलाई दौडाई बनाउन भने बाँकी नै छ । सफलता कहिले सानो र ठूलो हुँदैन । सफलता भनेको सफलता नै हुन्छ । क्रमश अनितालाई “आज की भोलिमा“, “हजारौं चोट, पलपल हरपल“, “वासना“, “ढाकाटोपी“, “यो माया“, “दिदिबहिनी माइतिघरमा“, “आखैंमा घाम प¥यो“ जस्ता गीतहरुले उनलाई परिचय थपिरहेका छन् । स्वरलाई तिखारी रहेका छन् । संगीत, शब्द र स्वरको त्रिवेणीमा प्रवेश गरेपनि अनिता यतिखेर गन्तव्यको एकै पथमा हिंडिरहेकी छिन् । ०७४ देखि अहिलेसम्म उनले एक दर्जन भन्दा बढी राम्रा गीतहरुमा स्वर दपईसकेकी छिन् ।
रुची त अनिताको गीत संगीतमा मात्र होइन सिनेमामा पनि थियो । त्यसैले त यतिखेर निर्माण भएको चलचित्र “चिठ्ठी“ मार्फत् सिनेमा निर्माणमा पनि हात हालेकी छिन् । उनी यो चलचित्रमा सह–निर्माताको रुपमा छिन् । सिनेमाको मोहलाई पुरा गर्दै “चिठ्ठी“ मार्फत निर्माणमा आएको र कथावस्तु, निर्माण टिम राम्रो भएमा भोलि फेरी पनि निर्माणमा लाग्ने सोच उनमा रहेको छ । अझै मोडलिङमा पनि अनिताको रुची छ । त्यसैले आफ्ना गीतमा मोडलिङ समेत गरेकी छिन् ।
आठौं म्यूजिक खबर म्यूजिक अवार्डमा नोमिनेशनसम्म सीमित रहेकी अनिता “नेशनल इन्टरटेन्टमेन्ट अवार्ड ०७७“ मा सर्वाेत्कृष्ट गायिका भएकी छन् । नोमिनेशनकै हिसाबमा त उनी “पिम नेपाल म्यूजिक अवार्ड ०७७“ मा पनि थिइन् । “पिम नेपाल व्यक्ति कला सम्मान २०८०“ बाट सम्मान समेत उनले पाएकी छिन् । अवार्ड सम्मान उनको मानक हुन्, आफ्नो कर्मको मूल्याङ्कन हुन् त्यसैले उनी खुशी छन् । पहिले एल्वम नै आधुनिक गीतबाट शुरु गरेकी अनिता आफूलाई फेरी सक्रिय पुर्वक प्रोजेक्टहरु गरिरहेकी छिन् । यत्ति हो गीत संगीतको लागि उनको कर्म निरन्तर छ ।
ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली
२०८२ जेष्ठ २ गते, शुक्रबार
राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक
२०८२ जेष्ठ २ गते, शुक्रबार
सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’
२०८२ जेष्ठ २ गते, शुक्रबार
‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन
२०८२ जेष्ठ २ गते, शुक्रबार
मखनटोलमा आगलागी, एक जनाको मृत्यु
२०८२ बैशाख ३१ गते, बुधबार
दक्षिण कोरिया जाने विद्यार्थीको ‘एनओसी’ सरकारंद्वारा स्थगित
२०८२ बैशाख ३० गते, मंगलवार
रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
२०८२ बैशाख ३० गते, मंगलवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार