एनआरएनए कार्यालयमा युवा संघको परेड, डा.बद्री केसी एमालेका असली कार्यकर्ता !
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए र संघका जिम्मेवार अभियन्ताहरु राजनीतिक प्रभावबाट मुक्त छैनन् भन्ने कुराको पुष्टि मंगलबार मुख्य कार्यालयमा भएको घटनाले थप प्रमाणित गरेको छ । आफूलाई निर्वाचित अध्यक्ष भएको दाबी गर्दै आएका डा।बद्री केसीले एमाले नेता महेश बस्नेतसहित युवा संघका करिब ८० जना कार्यकर्तालाई एनआरएनएकै मुख्य कार्यालयमा डाकेर कार्यक्रम गरेपछि एनआरएनए अभियन्ताको राजनीतिक साँटगाँठ थप छर्लङ्ग भएको हो ।
हुनत, नेपाली कांग्रेससँग आस्था राख्ने निवर्तमान अध्यक्ष कुल आचार्य, रविना थापा, निवर्तमान महासचिब डा।केशव पौडेल, माओवादी केन्द्रमा आस्था राख्ने एनआरएनए अध्यक्ष आरके शर्मालगायतलाई यसअघि नै एनआरएनएमा दलीय राजनीति भित्र्याएको आरोप लाग्दै आइरहेको छ । तर डा।केसीले आफू कुनै दलसँग निकटता राखेर संघको अभियानलाई प्रभावित नगराएको दाबी गर्दै आएका थिए । उनले सोमबार मात्र एक टेलिभिजन अन्तरवार्तामा आफ्नो समूह राजनीतिक दलबाट प्रभावित नभएको दाबी गरेका थिए । ‘म र मेरो पुरै टिम गैरराजनीतिक छ । दलको प्रभाव ममा छैन,’ उनले भनेका छन् ।
त्यस्तै यस अघिका हरेकजसो अभिव्यक्तिमा डा।केसी राजनीतिक दलबाट आफू प्रभावित नभएको दाबी गर्दै आइरहेका छन् । तर ११औं महाधिवेशनपछि निर्वाचन समितिले परिणाम सार्वजनिक गर्नसाथ डा।केसी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बधाई लिएपछिको तस्विर सार्वजनिक भइसकेको छ । यता, निवर्तमान अध्यक्ष आचार्य भने गैर आवासीय नेपालीहरुको जुनसुकै माग सम्बोधन गर्न दल र सरकारसँग सहकार्य अनिवार्य भएको बताउँदै आएका छन् ।
यद्यपी, मंगलबार एमाले नेता बस्नेत र ठूलो संख्यामा युवा संघका कार्यकर्ताहरु गैर राजनीतिक संस्था एनआरएनएमा निम्ता गरेर कार्यक्रम गरिनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । सरकार र सत्तारुढ दलहरुबाट सहयोग नपाएपछि डा।केसीले युवा संघको सहायता लिन खोजेको अनुमान गरिएको छ । मुख्य कार्यालयमा एमाले नेता र युवा संघका कार्यकर्ता आउनुको उद्देश्य कार्तिक १५ गते आयोजना हुन लागेको एमालेको चियापान समारोहमा निम्ता गर्न भनिएको छ । केही अभियन्ताहरुले एमाले नेता बस्नेत डा। केसीलाई बधाई दिन दलबलसहित एनआरएनए मुख्यालय पुगेको पुष्टि गर्न खोजिरहेका छन् ।
यता, दिनहुँजसो संघको केन्द्रीय कार्यालयमा पुगेर कार्य सम्पादन गर्दै आएका अध्यक्ष शर्मा मंगलबार पनि महासचिब बुद्धि सुवेदीसहित पाँचसात जनाको समूह कार्यालय पुगेका थिए । केसीले एनआरएनएको चुनावमा धाँधली गरेर संस्था कब्जा गर्न खोजिरहेकाले संस्था बचाउन र नियमित गतिविधि गर्न केन्द्रीय कार्यालय पुग्ने गरेको बताउँदै आएका छन् ।
पत्रकार कुटिएकोमा सर्वत्र विरोध
एनआरएनएका अभियन्ता एवम पत्रकार ओम शर्मालाई एनआरएनएको मुख्यालय वालुवाटारमा एमाले निकट युवा संघका कार्यकर्ताले हातपात गरेको घटनाको सर्वत्र विरोध भएको छ । विभाजित समूहका अध्यक्ष डा। केसी र एमाले नेता महेश बस्नेतसहितका नेताहरु सहभागी भएको कार्यक्रममा पुगेका चारदिशा अनलाइनका सम्पादक एवम पत्रकार महासंघ बेल्जियमका अध्यक्ष शर्मालाई युवा संघका कार्यकर्ताले कुटपिट गरेपछि त्यसको विरोध भइरहेको छ ।
पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले घटनाप्रति खेद व्यक्त गरेका छन् भने नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले शर्मामाथि भएको सांघातिक आक्रमण खेदजनक भनेका छन् । नेपाल पत्रकार महासंघ युरोपका कार्यवाहक अध्यक्ष केजिन राईले एक विज्ञप्ति नै जारी गर्दै घटनाको घोर निन्दा र भर्त्सना गर्दै घटनाका जिम्मेवार व्यक्तिहरु साथै आक्रमणकारीहरुलाई कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।
पत्रकार एवम आरके शर्मा पक्षका अभियन्तालाई केसीको इशारामा आक्रमण भएको अनुमान गरिएको छ । शर्माले एनआरएनए कार्यालयमा युवा संघको परेड स्थल बनाइएकाले जोगाउन आफू तल्लिन रहेको बताए । यसैगरी उपाध्यक्ष गंगाधर गौतमले युवासंघाको कार्यक्रम एनआरएनएको कार्यालयमा गरिनु निन्दनीय रहेको बताए । उनले केसीले निलज्ज तरिकाले संघको दुरुपयोग गरेको भन्दै आक्रोश समेत पोखे ।
यसैबीच शर्माले प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएका छन् । यस्तै आरके शर्मासहित उपाध्यक्ष गौतम, महासचिव सुवेदी र कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले पनि कार्यालयमा भएको कुटपिटको सम्बन्धमा छानबिन र सीसीटीभी फुटेज सुरक्षित गर्न माग गरेका छन् । उनीहरुले सहज वातावरण नभएसम्म एनआरएनए कार्यालय बन्द गर्न पनि माग गरेका छन् ।
यसैगरी महेश श्रेष्ठले संघको मुख्यालयभित्र भएकोआक्रमण खेदजनक रहेको बताएका छन् । उनले अहिले संघमा ठूलो विश्वासको संकट रहेको बताउँदै भनेका छन्, ‘संघको दशौं र एघारौं महाधिवेशण अत्यन्तैनमा भए गरिएका गतिविधिहरुले गिराएको एनआरएनएको साख आजको घटनाले झन गिराएकोछ । डर, धाकधम्की, बल प्रयोगले कुनै पनि समस्याको समाधान कदापी गर्न सक्दैन ।’ उनले आपसी छलफल र संवादका माध्यमबाट समस्या समाधानका लागि अगाडि बढ्न सबैसँग आग्रह गरेका छन् । सहमति, सहकार्य र एकताको आवश्यकता अहिलेको सन्दर्भमा झन वढेको उनको भनाइ छ ।
तर केसीले मंगलबारको घटनाबारे जानकारी नभएको बताउँदै आएका छन् । आफू कार्यक्रमस्थलमा रहँदासम्म कसैमाथि कुटपिट नभएको दाबी गर्दै त्यसपछि भएको विषय भने आफूलाई थाहा नभएको बताए । एमाले नेता बस्नेतसहितका युवासंघका नेता कार्यकर्ता बधाई दिनका लागि कार्यालयमा आएको उनको भनाइ छ । ‘बधाई दिन आउँदाखेरी साथीहरुले अवरोध गरेछन्, भिडियो खिचेछन्’, केसीले भने, ‘त्यही बीचमा सायद भिडियो नखिच्नुस् भन्दा कुनै एक जना पत्रकार भनिएका साथीले जबरजस्ती गरेपछि अवरोध गरेको मात्रै हो । अरु केही भएको छैन ।’
कार्तिक ३ गते एनआरएनएको नयाँ नेतृत्वका लागि भएको मतदानका क्रममा गम्भीर प्राविधिक त्रुटी भेटिएपछि विवाद बढेको हो । त्रुटीबारे दुई साताभित्र अनुसन्धान गर्ने र सत्य तथ्य सार्वजनिक गर्ने सहमति विपरित डा।केसी अघि बढेपछि महेश–आरके समूहले अलग्गै अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको थियो ।
ताजा
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवार
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न
२०८३ जेष्ठ १९ गते, मंगलवार
माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !
२०८३ जेष्ठ १९ गते, मंगलवार
‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा
२०८३ जेष्ठ १९ गते, मंगलवार
चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल
२०८३ जेष्ठ १९ गते, मंगलवार
विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’
२०८३ जेष्ठ १९ गते, मंगलवार
अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ
२०८३ जेष्ठ १९ गते, मंगलवार
नारायणहिटी हत्याकाण्डको २५ वर्ष
२०८३ जेष्ठ १९ गते, मंगलवार
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का
२०८३ जेष्ठ १७ गते, आईतवार
काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन
२०८३ जेष्ठ १७ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





