प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटघाट

२०८० आश्विन १४ गते, आईतवार

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणबाट फर्किएको भोलिपल्ट एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रतिनिधिसभा बैठक बस्नु अघि एमाले अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र सचेतक महेश बर्तौलालाई लिएर बालुवाटार पुगेका हुन्।

पूर्व सहमति अनुसार सुन तस्करी प्रकरणको छानविनका लागि सरकारले आयोग गठन नगरेको भन्दै एमालेले ससद बैठक अवरुद्ध गर्ने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएको हो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार संसद् अवरुद्ध गरेपछि राष्ट्रिय मान्यता प्राप्त दलहरूबीच ६ भदौमा जाँचबुझ आयोग बनाउने सहमति भएको थियो।

तर, भेप र ब्रेकसु लगायतमा लुकाएर भएका सुन तस्करीको जाँचबुझ गर्न बनाइने उच्चस्तरीय आयोगको कार्यादेशबारे सहमति जुटाउने प्रयास सफल हुन सकेको छैन।

२ साउनमा बरामद भएको ब्रेकसुमा लुकाएर ल्याएको सुनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले अनुसन्धान सकेर अभियोजनसमेत भइसकेपछि ५ असोजभित्र जाँचबुझ आयोग गठन गर्ने सहमतिमा उल्लेख थियो।

५ असोजकै दिन दलहरूबीच जाँचबुझ आयोगको कार्यादेशबारे छलफल भएको थियो, तर सहमति जुटेन। गत आइतबार पनि यही विषयमा छलफल भयो। सुरुमा एमाले बाहेकका दलहरूबीच रक्षा मन्त्रालयमा छलफल भयो।

त्यहाँ आयोगको कार्यादेशको प्रस्ताव तयार भयो । त्यसपछि गृह मन्त्रालयमा भएको छलफलमा एमाले नेताहरूलाई उक्त प्रस्तावबारे सत्तारूढ दलका नेताहरूले जानकारी गराए। छुट्टै प्रस्ताव लिएर गएका एमाले नेताहरूले पनि आफ्नो प्रस्ताव सुनाए। तर, दलहरूबीच सहमति जुट्न सकेन।

69 Views

ताजा

मुग्लिन–पोखरा सडक छिटो सक्न मन्त्री घिसिङको निर्देशन

२०८२ मंसिर २८ गते, आईतवार

मुग्लिन–पोखरा सडक छिटो सक्न मन्त्री घिसिङको निर्देशन

२०८२ मंसिर २८ गते, आईतवार

गणेश खड्काको “तिमी पुग्यौ धेरै टाढा” सार्वजनिक

२०८२ मंसिर २८ गते, आईतवार

विद्यार्थी संघकी पूर्व महामन्त्री महेश्वरी कुँवर कांग्रेस पाल्पा २ बाट उम्मेदबार सिफारिस

२०८२ मंसिर २८ गते, आईतवार

कर्ण दयाल ‘सोराडी’ को मुक्तकसङ्ग्रह ‘उथलपुथल’ सार्वजनिक

२०८२ मंसिर २८ गते, आईतवार

सरकार–जेनजी सम्झौता नाटकः एमाले अध्यक्ष

२०८२ मंसिर २७ गते, शनिबार

भदौ २३ र २४ को छानबिन होस्– ओली

२०८२ मंसिर २७ गते, शनिबार

लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

२०८२ मंसिर २७ गते, शनिबार

आज लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

२०८२ मंसिर २७ गते, शनिबार

आजबाट एमालेको ११औं महाधिवेशन

२०८२ मंसिर २७ गते, शनिबार

राष्ट्रिय सहमतिबाटै राजसंस्था पुनर्स्थापित हुनुपर्छः राप्रपा

२०८२ मंसिर २६ गते, शुक्रबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal