माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल एसियाडको क्वाटरफाइनलमा

२०८० आश्विन १४ गते, आईतवार

काठमाडौं । औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले हराएको छ।

चीनको झिजियाङ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनायो। २ सय १३ रनको विशाल लक्ष्य पाएर मैदानमा आएको माल्दिभ्सले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ७४ रनमात्र बनाउन सक्यो।

माल्दिभ्सका गनि मौयाथको ३६ रन नै सर्वाधिक रह्यो। खेलमा माल्दिभ्सले १० रन अतिरिक्त पाएको थियो। माल्दिभ्सलाई सस्तैमा समेटन् अविनाश बोहोराले ६ विकेट लिए। २२ बल फ्याकेका उनले ११ रन खर्चिए। यतै गुल्नन झा, सोमपाल कामी, सन्दिप लामिछाने र कुशल भुर्तेलले एक एक विकेट लिए।

त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो। कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए। कुशल मल्ल २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रनमा नटआउट रहे।

पाँचौं विकेटका लागि गुलशन झा र रोहित पौडेलले ७० रनको साझेदारी गरेका थिए। गुलशन ३५ रनमा आउट भए। ओपनर आसिफ शेख ६ रनमा आउट भए भने कुशल भुर्तेल ३५ रनमा पेभिलियन फर्किए।

एक वर्षपछि पुनरागमन गरेका विकेट किपर विनोद भण्डारी १३, सन्दीप जोरा ५ र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट हुँदा सोमपाल कामीले एक बलमा एक रन बनाए। माल्दिभ्सका बदिउ इस्माइल नवाजले सर्वाधिक ३ विकेट लिए।

68 Views

ताजा

आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै

२०८२ मंसिर २ गते, मंगलवार

आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै

२०८२ मंसिर २ गते, मंगलवार

मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

२०८२ मंसिर २ गते, मंगलवार

व्यवस्था परिवर्तन नभएसम्म महेन्द्र राजमार्गमै बस्छौंः प्रसाईं

२०८२ मंसिर १ गते, सोमबार

मानवता विरुद्धको गम्भीर अपराधमा शेख हसिनालाई मृत्युदण्डको सजाय

२०८२ मंसिर १ गते, सोमबार

मंसिर १८  बाट ‘अभिमन्युः च्याप्टर १’ आउँदै

२०८२ मंसिर १ गते, सोमबार

मुल्डे भ्यू–पार्क: हिमाल हेर्ने सबैभन्दा ‘उत्कृष्ट दृश्य बिन्दु’

२०८२ मंसिर १ गते, सोमबार

कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइयो

२०८२ मंसिर १ गते, सोमबार

नेपाली कम्युनिस्ट पार्टीविरुद्ध अदालत जान्छौंः सुबेदी

२०८२ मंसिर १ गते, सोमबार

‘द ब्ल्यू लाइट’को पोस्टरमा पाँच पात्रबीच समानता र भिन्नता

२०८२ मंसिर १ गते, सोमबार

आजदेखि एनपिएलः जनकपुर र काठमाडौं भिड्दै

२०८२ मंसिर १ गते, सोमबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal