दोलखाबाट चार केजी सुन बरामद, तीन जना पक्राउ,

२०८० आश्विन ११ गते, बिहीबार

दोलखा । दोलखा प्रहरीले बुधवार राति चार केजी सुन सहित तीन जनालाई पक्राउ गरेको छ । दोलखाको विगु गाउँपालिका स्थित जामुनेबाट चार केजी सुन सहित तीन जनालाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनु भयो ।

उक्त सुन लप्ची नाकाबाट भित्रिएको आशङ्का गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । पक्राउ परेको तीन जनामध्ये दुई जनाले सुन बोकेको र एक जनाको संलग्नता रहे नरहेको बारे अनुसन्धान भई रहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । पक्राउ परेका तीनै जना विगु १ लामाबगर क्षेत्रको रहेको प्रहरीले जनाएको छ ।

चीन सरकारले आइतबार मात्र तिब्बतसँग जोडिएको दोलखाको दुईवटा नाका खुला गरेको थियो । सुन भित्रँदै गरेको सुराकी पाएपछि प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्का बुधवार राति आफै सिंगटी पुग्नु भएको थियो । एक÷एक केजीको चार पिस सुन सहित तीन जनालाई सिंगटी प्रहरीले बुधवार रातिनै पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो ।

पक्राउ गरिएको सुन सिंगटीका स्थानीय सुन व्यवसायीलाई परिक्षण गराइएको र थप परिक्षण सदरमुकाम चरिकोटमा समेत गरिने प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । सुन तस्करीमा थप व्यक्ति संलग्न हुनसक्ने भएकोले उनीहरूको समेत खोजी भई रहेको प्रहरीले जनाएको छ ।

दोलखाको सीमानामा चीनको तिब्बती नाका खुलेको एक साता नबित्दै अवैध सुन बरामद भएको हो। प्रहरीले आज पत्रकार सम्मेलन गरी यस विषयमा थप जानकारी गराउने तयारी गरेको छ।

160 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील

२०८३ आश्विन १२ गते, सोमबार

बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील

२०८३ आश्विन १२ गते, सोमबार

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

२०८३ आश्विन १२ गते, सोमबार

पर्यटनः चुनौती, अवसर र दिगो यात्रा

२०८३ आश्विन १२ गते, सोमबार

छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना

२०८३ आश्विन १२ गते, सोमबार

देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध

२०८३ आश्विन १२ गते, सोमबार

अविरल वर्षाका कारण ललितपुरमा ढल्यो साढे दुई तले घर

२०८३ आश्विन १२ गते, सोमबार

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

२०८३ आश्विन १० गते, शनिबार

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal