खेलाडीहरुको सम्मान चाहियो भन्दै सडकमा अनेरास्ववियुले ग¥यो प्रदर्शन

२०८० भाद्र २४ गते, आईतवार

काठमाडौँ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले एसिया कपमा नेपाली खेलाडीहरूले देखाएको बहादुरीको सम्मान गर्न सरकारसँग माग गरेको छ ।

आइतबार त्रिचन्द्र क्याम्पस अगाडी शान्तिपूर्ण प्रदर्शन गर्दै अनेरास्ववियुले क्रिकेट खेलमा विश्वका टप देश भारत,पाकिस्तान जस्ता राष्ट्रहरूसँगको खेलमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मान स्वरूप पुरस्कृत गर्न माग गरेको हो ।

अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय क्रिकेट खेलमैदानमा फ्लड लाइट जडान गर्न समेत माग गरेको छ ।

शान्तिपूर्ण प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय सचिवले सञ्जीव धितालले नेपाली खेलाडीको साथमा अखिल रहेको भन्दै यथाशीघ्र सरकारले नेपाली खेलाडीलाई सम्मान गर्नुपर्ने बताए । नेपाली खेलाडीहरूले विश्वमा छलाङ मारेको भन्दै नेपाली खेलाडीलाई अझ उचाइमा पुर्‍याउन सरकार जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

158 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal