‘डिग्री माइला’ मा आँचल शर्मा अनुबन्धित

२०८० भाद्र १८ गते, सोमबार

काठमाडौं । अभिनेत्री आँचल शर्मा आइतबार रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘डिग्री माइला स् एमए थर्ड क्लास’मा अनुबन्धित भएकी छन् । निर्माण टिम र आँचलबीच आइतबार बाँसुरी फिल्मस्को अफिसमा औपचारिक रुपमा लिखित सम्झौता भएको हो । यो सिनेमा आगामी नयाँ बर्षको अवसरमा नेपालसहित विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ ।

बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाको निर्माण पक्षले आँचल बाहेक अन्य कास्ट एन्ड क्रु भने सार्वजनिक गरेको छैन । ‘डिग्री माइला’ नाटकमा आधारित रहेर यो सिनेमा निर्माण हुन लागेको हो । यो नाटकको मुख्य भूमिकामा दयाहाङ राई थिए । ‘डिग्री माइला’ दर्शकले रुचाएको नाटक हो । नाटककै पात्र दयाहाङ नै सिनेमा हुन्छन् अथवा अरु रु निर्माण पक्षले खुलाएको छैन ।

असोजमा पहिलो सेड्युल र मंसिरमा दोस्रो सेड्युलमा सिनेमाको छायांकन हुनेछ । सिनेमाको स्लोगन निर्माण पक्षले ‘किन चाउरियो मरिच आफ्नै रागले’ दिएको छ । रामबाबु गुरुङ बक्स अफिसमा हिट सिरिज ‘कबड्डी’ सिनेमाका निर्देशक हुन् ।

कमेडी जनरामा निर्माण हुने सिनेमाले शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको चरम निराशामा आधारित हुनेछ । नाटकले पनि यही विषय उठाएको थियो । गतवर्ष रामबाबु निर्देशित सिनेमा ‘कबड्डी ४’ र ‘फुलबारी’ प्रदर्शनमा आएका थिए । भने, उनले निर्माण गरेको सिनेमा ‘जारी’ गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको थियो ।

177 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal