‘डिग्री माइला’ मा आँचल शर्मा अनुबन्धित

काठमाडौं । अभिनेत्री आँचल शर्मा आइतबार रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘डिग्री माइला स् एमए थर्ड क्लास’मा अनुबन्धित भएकी छन् । निर्माण टिम र आँचलबीच आइतबार बाँसुरी फिल्मस्को अफिसमा औपचारिक रुपमा लिखित सम्झौता भएको हो । यो सिनेमा आगामी नयाँ बर्षको अवसरमा नेपालसहित विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ ।
बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाको निर्माण पक्षले आँचल बाहेक अन्य कास्ट एन्ड क्रु भने सार्वजनिक गरेको छैन । ‘डिग्री माइला’ नाटकमा आधारित रहेर यो सिनेमा निर्माण हुन लागेको हो । यो नाटकको मुख्य भूमिकामा दयाहाङ राई थिए । ‘डिग्री माइला’ दर्शकले रुचाएको नाटक हो । नाटककै पात्र दयाहाङ नै सिनेमा हुन्छन् अथवा अरु रु निर्माण पक्षले खुलाएको छैन ।
असोजमा पहिलो सेड्युल र मंसिरमा दोस्रो सेड्युलमा सिनेमाको छायांकन हुनेछ । सिनेमाको स्लोगन निर्माण पक्षले ‘किन चाउरियो मरिच आफ्नै रागले’ दिएको छ । रामबाबु गुरुङ बक्स अफिसमा हिट सिरिज ‘कबड्डी’ सिनेमाका निर्देशक हुन् ।
कमेडी जनरामा निर्माण हुने सिनेमाले शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको चरम निराशामा आधारित हुनेछ । नाटकले पनि यही विषय उठाएको थियो । गतवर्ष रामबाबु निर्देशित सिनेमा ‘कबड्डी ४’ र ‘फुलबारी’ प्रदर्शनमा आएका थिए । भने, उनले निर्माण गरेको सिनेमा ‘जारी’ गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको थियो ।
ताजा

शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन
२०८० आश्विन ३ गते, बुधबार
शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन
२०८० आश्विन ३ गते, बुधबार
एमालेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम
२०८० आश्विन ३ गते, बुधबार
संविधानले सम्झिएका सुशील र सुवास
२०८० आश्विन ३ गते, बुधबार
आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछः राष्ट्रपति पौडेल
२०८० आश्विन ३ गते, बुधबार
संविधानको कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्न सरकार प्रतिबद्ध छःः प्रधानमन्त्री दाहाल
२०८० आश्विन ३ गते, बुधबार
मुलुकलाई संविधानले समृद्धितर्फ अघि बढ्न दिशानिर्देश गरेको छः देउवा
२०८० आश्विन ३ गते, बुधबार
आज संविधान दिवस, सार्वजनिक विदा
२०८० आश्विन ३ गते, बुधबार
आजदेखि काठमाडौंमा २५ वटा द्रुत बस सञ्चालनमा, ‘रातो बत्ती’मा पनि नरोकिने
२०८० आश्विन ३ गते, बुधबार
हत्या, हिंसाले भयानक रुप लिने चिन्ता !
२०८० आश्विन २ गते, मंगलवार
३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरू
२०८० आश्विन २ गते, मंगलवारलोकप्रिय

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार
राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ
२०८० असार २४ गते, आईतवार
१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार