‘मिसन २०८४’ मा पछि पर्दै कांग्रेस

२०८० भाद्र १७ गते, आईतवार

काठमाडौं । आगामी २०८४ सालमा हुने आम निर्वाचनलाई लक्षित गर्दै दलहरुले ‘मिसन २०८४’ अभियान चलाएका छन् । गत मंसिरमा भएको निर्वाचनमा नसोचेको परिणाम ल्याएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा पहिले ‘मिसन २०८४’ को घोषणा गरेको थियो ।

मंसिरमा भएको निर्वाचनमा उत्साहित नतिजा आएपछि रास्वपाले आगामी निर्वाचनलाई केन्द्रित हुने गरी अभियान चलाउने जनाइसकेको छ । उसले त्यस अनुसारका संगठन विस्तार पनि गर्दै आएको छ । रास्वपाले बैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ र चितवनमा जितेपछि थप चर्चा कमाएको छ । रास्वपाले आगामी निर्वाचनमा अरु पार्टीहरुलाई तह लगाउने र आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी गर्दै आएको छ । अध्यक्ष लामिछानेको चर्चासँगै यो पार्टीले पाएको सफलता देखेर पुराना भनिने पार्टीहरु चकितसँगै त्रसितसमेत भएका छन् । पुराना दलहरुप्रति मानिसको आकर्षण घट्दै गरेको बेला उदाएको रास्वपाले भोलिका दिनमा आफूलाई कसरी अगाडि बढाउने भन्ने कुनै योजना बनाएको छैन । चर्चा र ह्वीमका आधारमा मात्र मत आउँछ भन्ने सोचेको यो पार्टीको लाइनचाहिँ के हो भनेर मानिसले प्रश्न गर्दै आएका छन् । रास्वपाले यो अभियान घोषणा गरेपछि देशव्यापी रुपमा संगठन विस्तारमा लागेको छ । पछिल्लो समयमा भएका रास्वपाका कार्यक्रममा मानिसको उत्साहपूर्ण उपस्थितिलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

रास्वपाको अभियान एकातिर चलिरहेको छ भनें अर्कातिर संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि मिसन २०८४ अभियान चलाएको छ । एमालेको गतिविधि र उसका क्रियाकलापबारे मानिस जानकार भएकाले त्यो अभियानले मानिसमा देखिएको एमालेप्रतिको वितृष्णालाई अन्त्य गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न पनि एकातिर छँदैछ । धेरैले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राम्रो काम गरेको भनेर चर्चा पनि गरेका छन् । कामभन्दा गफ बढी गर्ने गरेका कारण ओली त्यतिबेला पनि आलोचनामुक्त हुन सकेनन् । यो बीचमा कुनै पनि सरकारमा जान नसक्ने अवस्थामा भएको एमालेले आफ्ना कार्यकर्ता संरक्षण गर्न भनें समस्या नै छ । एमालेले सरकारले गरेका हरेक गतिविधिका बारेमा सधैं टिप्पणी गदै आएको छ । सामान्य कुरामा पनि असन्तुष्टि राख्दै संसद निरन्तर बन्द गर्ने कुरालाई उसले आफ्नो महानता सम्झे पनि जान्नेबुझ्नेले भनें यसलाई त्यति राम्रो मानेका छैनन् । एमालेको संगठन गाउँगाउँ पुगेकाले पार्टीमा संगठित भएकाले पार्टीको निर्णयको विरोधमा जाने अवस्था नभएकाले एमालेको मत दायाँबायाँ हुने सम्भावना प्रायः कमै हुन्छ । अरु पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो पार्टीले छानेको उम्मेदवार चित्त नबुझेमा फरक पार्टीमा मतदान गर्ने गरेका छन् तर त्यो मामिलामा भनें एमालेलाई सहज भएको छ । पार्टीमा लागेका मानिसले अरुलाई सकभर मतदान नगर्नु एमालेको लागि फाइदाको विषय हो ।

नेकपा (माओवादी केन्द्र) ले पनि हिजोदेखि तीन महिने जागरण अभियान चलाएको छ । पार्टीप्रतिम मानिसको विश्वास कमजोर बन्दै गएको बेला उसले चलाएको अभियान सार्थक हुन्छ कि हुँदैन भन्नेचाहिँ हेर्न बाँकी नै छ । वडा तहसम्म पुगेर पार्टीलाई फेरि जागृत गर्ने माओवादीको अभियानलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो एकैपटक उद्घाटन गरेका छन् । यसलाई माओवादीले विशेष रुपान्तरण अभियान भनेको छ । देशभरका ६ हजार ७४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी ः विशेष रुपान्तरण अभियान’का क्रममा शीर्ष नेताहरू पनि वडावडामा पुग्ने कार्यक्रम तय भएको छ तर नेताहरु शहरमा बढी केन्द्रित भएकाले आफू खटिएको ठाउँमा जान्छन् कि जाँदैनन् भन्ने प्रश्न पनि त्यत्तिकै छ ।
अरु पार्टीहरुले मिसन २०८४ चलाइरहँदा आन्तरिक विवालमा फसेको नेपाली कांग्रेसले यसलाई केही मतलब गरेको छैन । निर्वाचनमा जस्तोसुकै परिणाम आए पनि कांग्रेसको अवस्थामा भनें कुनै परिवर्तन हुने गरेको छैन । हिजोको निर्वाचनमा ठूलो पार्टी भएर पनि सरकार बनाउन असफल भएको कांग्रेसले यसबारेमा कहिल्यै समीक्षासमेत गरेन । कांग्रेस पनि आफूलाई ठूलो र पुरानो पार्टी भएको दाबी गर्छ त्यो स्वभाविक पनि हो तर नयाँ उदाएका पार्टीले केही नयाँ भिजन ल्याउँदा पनि उनीहरु पुरानै पारामा चल्नु भनें समस्या रहेको छ ।

मधेसकेन्द्रित भनेर चिनिने पार्टीले मधेश प्रदेशबाहेक अन्य जिल्लामा प्रभुत्व जमाउन सकेका छैनन् त्यसैले उनीहरुलाई देशव्यापी राजनीति गर्नुपर्छ भन्ने सोच छैन । सधैं मधेश र मधेसी जनताको नाममा राजनीति गर्ने उनीहरु अब भनें चरम संकटमा परेका छन् । मधेशमा अन्य पार्टीको पनि जन्म भएको र छोटो समयमा नै प्रगति गरेकाले मधेश केन्द्रित भनिने दलको पनि अबको राजनीति कस्तो हुने भन्नेमा शंका छ ।

157 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal