‘मिसन २०८४’ मा पछि पर्दै कांग्रेस
काठमाडौं । आगामी २०८४ सालमा हुने आम निर्वाचनलाई लक्षित गर्दै दलहरुले ‘मिसन २०८४’ अभियान चलाएका छन् । गत मंसिरमा भएको निर्वाचनमा नसोचेको परिणाम ल्याएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा पहिले ‘मिसन २०८४’ को घोषणा गरेको थियो ।
मंसिरमा भएको निर्वाचनमा उत्साहित नतिजा आएपछि रास्वपाले आगामी निर्वाचनलाई केन्द्रित हुने गरी अभियान चलाउने जनाइसकेको छ । उसले त्यस अनुसारका संगठन विस्तार पनि गर्दै आएको छ । रास्वपाले बैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ र चितवनमा जितेपछि थप चर्चा कमाएको छ । रास्वपाले आगामी निर्वाचनमा अरु पार्टीहरुलाई तह लगाउने र आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी गर्दै आएको छ । अध्यक्ष लामिछानेको चर्चासँगै यो पार्टीले पाएको सफलता देखेर पुराना भनिने पार्टीहरु चकितसँगै त्रसितसमेत भएका छन् । पुराना दलहरुप्रति मानिसको आकर्षण घट्दै गरेको बेला उदाएको रास्वपाले भोलिका दिनमा आफूलाई कसरी अगाडि बढाउने भन्ने कुनै योजना बनाएको छैन । चर्चा र ह्वीमका आधारमा मात्र मत आउँछ भन्ने सोचेको यो पार्टीको लाइनचाहिँ के हो भनेर मानिसले प्रश्न गर्दै आएका छन् । रास्वपाले यो अभियान घोषणा गरेपछि देशव्यापी रुपमा संगठन विस्तारमा लागेको छ । पछिल्लो समयमा भएका रास्वपाका कार्यक्रममा मानिसको उत्साहपूर्ण उपस्थितिलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
रास्वपाको अभियान एकातिर चलिरहेको छ भनें अर्कातिर संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि मिसन २०८४ अभियान चलाएको छ । एमालेको गतिविधि र उसका क्रियाकलापबारे मानिस जानकार भएकाले त्यो अभियानले मानिसमा देखिएको एमालेप्रतिको वितृष्णालाई अन्त्य गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न पनि एकातिर छँदैछ । धेरैले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राम्रो काम गरेको भनेर चर्चा पनि गरेका छन् । कामभन्दा गफ बढी गर्ने गरेका कारण ओली त्यतिबेला पनि आलोचनामुक्त हुन सकेनन् । यो बीचमा कुनै पनि सरकारमा जान नसक्ने अवस्थामा भएको एमालेले आफ्ना कार्यकर्ता संरक्षण गर्न भनें समस्या नै छ । एमालेले सरकारले गरेका हरेक गतिविधिका बारेमा सधैं टिप्पणी गदै आएको छ । सामान्य कुरामा पनि असन्तुष्टि राख्दै संसद निरन्तर बन्द गर्ने कुरालाई उसले आफ्नो महानता सम्झे पनि जान्नेबुझ्नेले भनें यसलाई त्यति राम्रो मानेका छैनन् । एमालेको संगठन गाउँगाउँ पुगेकाले पार्टीमा संगठित भएकाले पार्टीको निर्णयको विरोधमा जाने अवस्था नभएकाले एमालेको मत दायाँबायाँ हुने सम्भावना प्रायः कमै हुन्छ । अरु पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो पार्टीले छानेको उम्मेदवार चित्त नबुझेमा फरक पार्टीमा मतदान गर्ने गरेका छन् तर त्यो मामिलामा भनें एमालेलाई सहज भएको छ । पार्टीमा लागेका मानिसले अरुलाई सकभर मतदान नगर्नु एमालेको लागि फाइदाको विषय हो ।
नेकपा (माओवादी केन्द्र) ले पनि हिजोदेखि तीन महिने जागरण अभियान चलाएको छ । पार्टीप्रतिम मानिसको विश्वास कमजोर बन्दै गएको बेला उसले चलाएको अभियान सार्थक हुन्छ कि हुँदैन भन्नेचाहिँ हेर्न बाँकी नै छ । वडा तहसम्म पुगेर पार्टीलाई फेरि जागृत गर्ने माओवादीको अभियानलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो एकैपटक उद्घाटन गरेका छन् । यसलाई माओवादीले विशेष रुपान्तरण अभियान भनेको छ । देशभरका ६ हजार ७४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी ः विशेष रुपान्तरण अभियान’का क्रममा शीर्ष नेताहरू पनि वडावडामा पुग्ने कार्यक्रम तय भएको छ तर नेताहरु शहरमा बढी केन्द्रित भएकाले आफू खटिएको ठाउँमा जान्छन् कि जाँदैनन् भन्ने प्रश्न पनि त्यत्तिकै छ ।
अरु पार्टीहरुले मिसन २०८४ चलाइरहँदा आन्तरिक विवालमा फसेको नेपाली कांग्रेसले यसलाई केही मतलब गरेको छैन । निर्वाचनमा जस्तोसुकै परिणाम आए पनि कांग्रेसको अवस्थामा भनें कुनै परिवर्तन हुने गरेको छैन । हिजोको निर्वाचनमा ठूलो पार्टी भएर पनि सरकार बनाउन असफल भएको कांग्रेसले यसबारेमा कहिल्यै समीक्षासमेत गरेन । कांग्रेस पनि आफूलाई ठूलो र पुरानो पार्टी भएको दाबी गर्छ त्यो स्वभाविक पनि हो तर नयाँ उदाएका पार्टीले केही नयाँ भिजन ल्याउँदा पनि उनीहरु पुरानै पारामा चल्नु भनें समस्या रहेको छ ।
मधेसकेन्द्रित भनेर चिनिने पार्टीले मधेश प्रदेशबाहेक अन्य जिल्लामा प्रभुत्व जमाउन सकेका छैनन् त्यसैले उनीहरुलाई देशव्यापी राजनीति गर्नुपर्छ भन्ने सोच छैन । सधैं मधेश र मधेसी जनताको नाममा राजनीति गर्ने उनीहरु अब भनें चरम संकटमा परेका छन् । मधेशमा अन्य पार्टीको पनि जन्म भएको र छोटो समयमा नै प्रगति गरेकाले मधेश केन्द्रित भनिने दलको पनि अबको राजनीति कस्तो हुने भन्नेमा शंका छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





