पूँजीवादी चरित्रमा– राज्य सरकारको भूमिका

२०८० भाद्र ८ गते, शुक्रबार

डा. भरत लामिछाने
समाज विकासको चरणलाई हेर्दा, आदिम साम्यवादी युग जसलाई जंगली युग पनि भनिन्छ । त्यसपछि दास युग सामन्तवादी युग र पूँजीवादी युगबाट समाजवादी युग हुँदै वैज्ञानिक (आधुनिक) साम्यवादी युगमा पुगेर समाज विकासको चरणहरु अवतरण हुन्छन् । यतिवेलाको समाज पूँजीवादी चरणमा पुगेको छ । यद्यपी नेपाली समाज त्यो चरणमा पुगेको छ कि छैन, अर्थात त्यसतर्फ उन्मुख छ कि छैन ! भन्ने विषयले बहस छलफल माग गर्दछ । तर पनि नेपाली समाजलाई पनि पूँजिवादका बाछिटाले रुझाउन थालेको छ । यद्यपि सामन्तवादका मयल र फोहोर कचेराहरुलाई सफाचट बनाउने सामर्थ्य भने यसले राख्न सकेको छैन । फेरी पनि पूँजिवादको गर्भमा नै समाजवाद हुने साश्वत नियम भएता पनि त्यसको नेतृत्व कुन वर्गले गरेको छ भन्ने कुरामा परिणाम आउने गर्दछ । सर्वहारा वर्ग अर्थात निम्न वर्गलाई माथि उठाउने चिन्तनबाट ओतप्रोत भएको राजनीतिक नेतृत्व अर्थात सरकार भएको खण्डमा त्यसले समाजवादी दिशातिर लैजाने परिणाम निकाल्दछ । तर उच्च वर्गलाई माथि उठाउने निम्न वर्गलाई झन्–झन् निम्न बनाउने चिन्तनबाट ओतप्रोत भएको राजनीतिक नेतृत्वको सरकार भएको खण्डमा त्यसले बुर्जुवा पूँजिवादलाई बलियो बनाउने परिणामतिर धकेलिरहन्छ । त्यसले नाफा–नोक्सानको राजनीति गर्दछ । आम जनसमुदायको हित भन्दा पनि उच्च वर्गको निश्चित समुदायको हितमा काम गर्दछ ।

कस्तो रहेको छ त यति बेलाको सरकार ?
नेपालमा यतिबेला बनेको सरकारको नेतृत्व आमूल परिवर्तनको पक्षधर शक्ति अर्थात सर्वहारा वर्ग एवम् निम्न वर्गलाई माथि उठाउने उद्देश्य लिएको शक्ति ने.क.पा. (मा.के.) ले लिएको छ । तर यो शक्ति संसदीय राजनीतिमा तेस्रो शक्तिको रुपमा रहेको छ । पहिलो र दोस्रो शक्तिलाई ठेगानमा राखेर सरकारको नेतृत्व गर्ने औकात र क्षमता राख्ने ने.क.पा. (मा.के.) को यतिबेलाको संसदीय रणनीति झट्ट हेर्दा सफल भए जस्तो देखिन्छ । तर पहिलो शक्ति र दोस्रो बाहेकको अन्य साना दलहरूको समर्थनमा बनेको गठबन्धन सरकारको आफ्नै व्यथा कथा पनि जोडिएकै छन् । आलोपालोमा सरकारको नेतृत्व गर्ने भद्र सहमति भित्र छिपेका रहस्य पनि नभएका होइनन् । त्यसैले आवरणमा हेर्दा आमूल परिवर्तनको उद्देश्य लिएको शक्तिको नेतृत्वमा सरकार बनेको देखिन्छ । रुप पक्षबाट हेर्दा आमूल परिवर्तनको उद्देश्य बोकेको सरकार देखिए पनि सारमा यथास्थितिवादी, दक्षिणपन्थी र अग्रगामी (प्रगतिशील) शक्तिहरुको मिलिजुली सरकार । त्यसो मात्र नभई नाफा मूलक पूँजीवादी चरित्रबाट ओतप्रोत भएको सरकार ।श्रम र श्रमिकलाई अर्थात उत्पीडित समुदायलाई भन्दा पनि (मालिक) उत्पीडक समुदाय , जो नाफालाई केन्द्रमा राख्ने सिद्धान्त र उद्देश्य लिन्छ त्यो चरित्रको सरकार ।त्यसैले यो सरकारले आफ्नो उद्देश्य अनुरुपको कार्यनीति लागु गर्न चाहेर पनि सक्ने अवस्थामा छैन् ।

कस्तो रहन्छ त पुँजिवादी चरित्रको सरकार
माथि नै पनि उल्लेख गरिएको छ कि अग्रगामी चरित्र बोकेको पूँजीवादले मानव समाजलाई समाजवादी दिशातिर लैजान्छ । तर नाफा र नोक्सानलाई मात्र हेर्ने पुँजीवादले अन्य कुरालाई बाल मतलव गर्दैन । त्यो पूँजीवादले “भाङ पेल धतुरो पेल, ले मेरो तेल’ भन्ने उक्ति झै जहाँ जे गर्नु छ गर तर नाफा चाहियो भन्छ ।मानव अधिकार उल्लघन गर वा मान्छे मार, नाफा लेउ भन्ने चरित्र बोकेको हुन्छ । त्यसै सिद्धान्त अर्थात नाफा नोक्सानको सिद्धान्त र चरित्रबाट विकसित हुँदै आएको पूँजीवादी चिन्तनले मानव सरोकार र हितको लागि व्यवस्थापन गरिएको बजार व्यवस्थापनलाई पनि छाडा छोडिदिएको हुन्छ र बजार अनियन्त्रित हुन्छ । न्यायप्रेमी जनसमुदायले बजार नियन्त्रण गर्नुपर्ने आवाज सरकार समक्ष उठाउँदा पनि सरकार मौन बस्छ । बजार र शेयर बजारलाई कुन तहमा र कसको हितमा पु¥याउने भन्ने विषय पनि सिमित उच्च व्यापारीको निर्णयमा पुग्छ । सरकारले तिनीहरुलाई नै नाफाको हिस्सामा छोडिदिने गर्दछ । तात्कालिन बेलायतकी प्र.म. मार्गरेट थ्याचरले यो नजिर बेलायतमा स्थापित गरेको कुरा अध्ययनले बताउँछ । उनले बिसौं शताब्दीको असिको दशकमा “बजारमा उत्पन्न गडबडी बजार आफैले ठीक गर्न सक्छ, त्यसैले यसमा राज्यको हस्तक्षेप आवश्यक छैन ।“ यस प्रकारको उदारवादको परिभाषा लगाई राज्य संचालन गरेकी थिईन ।यसरी जुन कुनै बखत राज्य र समाजको आवश्यकतामा जन्मिएको बजार व्यवस्थालाई सर्वशक्तिमान तुल्याईएको थियो।र बजारको मालिक राज्य र सरकार नभई पूँजीपति वर्ग नै हुन भन्ने मान्यतालाई स्थापित गरिदिएको कुरा अध्ययनले बताउँछ । यस मान्यताले समस्त मानव समाज एवंम राज्य व्यवस्था पूँजीवादको उद्देश्य पूर्तिका साधनमा परिणत हुन पुगे ।

वास्तवमा पुँजी मानव समाज र राज्य संचालनको साधन मात्र हो । साध्य होइन । साध्य त मानव समाज र अग्रगामी अर्थात उन्नतशील समाजवादी राज्य व्यवस्था नै हो । तर पूँजीवादले मानिसलाई ‘माल’ (वस्तु) र उसको श्रमलाई नाफाको उपकरणको रुपमा परिणत गर्न पुग्यो । यसो गर्दा पूँजीवादले नैतिकता र अनैतिकतातिर नहेरी नाफा उत्पादनका लागि उपयोगितावादको सिद्धान्त अवलम्वन गर्दै आयो । श्रमका बारेमा कार्ल मार्क्स बताउनु हुन्छ “ सबै उपभोगका वस्तुहरु (माल) मा त्यो श्रमपदार्थ मिलेको छ, जो सबैको साझा सामाजिक हो ।”तर पुँजिवादीहरुले मानिस र उसको श्रमलाई दुरुपयोग गरी निहित स्वार्थमा केन्द्रित गर्न पुगे । त्यसैले होला कार्ल मार्क्सले अर्को ठाउँमा बताउनु भएको छ कि “पुँजीवादको सबैभन्दा भयानकता मानिसलाई मानिसबाट नै अलग्याउनु हो । विमानवीकरण गर्नु हो । अर्थात मानिसलाई श्रमिकका रुपमा आफ्ना सबै आशा, आकंक्षा, तर्क, विवेक, साहस सबै मानवोचित गुणलाई विर्सेर पशु सरह श्रम गर्नु मात्रै हो”कति दर्दनाक !कति डरलाग्दो !पुँजीवादले मानवलाई सुख सुविधा दिने नाममा पुँजीको मात्र दाश बनाउँदै, मानव जीवनलाई एक्लोपन तर्फ डो¥याउछ । त्यतिमात्र नभई सामाजिक, सांस्कृतिक, भौगोलिक एवम् मानवीयता माथि विविध प्रकारका उपकरणहरुका माध्यम र साधनहरुलाई बजारीकरण गरेर भ्रम सिर्जना गर्दछ । त्यहाँ विवेक, दया, मानवीय धर्म शून्य हुन्छ ।

पुँजीवादले समाजलाई विकसित तुल्याउने भ्रम छोड्न पनि पछि पर्दैन । विभिन्न उपकरणका माध्यम र साधनले बजारमा एकाधिकार जमाउँदै मानिसको एक्लोपनालाई कम गर्ने, गराउने भन्ने नारा अगाडि सार्छ । तर बस्तविकता ठीक बिपरित छ।झट्ट हेर्दा आई.टि. उपकरण र संचार माध्यमको साम्राज्यले मानिसको एक्लोपनालाई कम गराए जस्तो रुप पक्षबाट देखिए पनि सारमा यी उपकरणले मानव समाजलाई झन्–झन् एक्लोपन तर्फ डो¥याउँदै लगेको छ । हामीले नै व्यवहारमा प्रयोग गर्दै आएका छौं कि, सबैका हात–हातमा मोबाइल भए पछि परिवारका पाँचजना वा तीनजना भए पनि पाँचतिर वा तीनतिरको कुना र छेउमा बसेर त्यही मोबाइलमा व्यस्त र मस्त भएका हुन्छन् । उनीहरुवीच पारिवारिक संवाद, छलफल, अन्तरक्रिया, अध्ययन मनन गरिँदैन । बेलुकीको समयमा भोलिपल्टको कामकाजको बाँडफाँड र योजनाका बारेमा छलफल, संवाद गर्ने चलन र परम्परालाई विर्सिएर एक्ला–एक्लै बस्ने, एक्ला–एक्लै सोच्ने, शंका, उपशंका गर्ने, अविश्वासको बढ्ने र सामाजिक तथा सांस्कृतिक अराजकता पैदा हुने अवस्था सिर्जना हुँदा सामाजिक तथा सांस्कृतिक विचलन पैदा भई पारिवारिक संरचना मात्र ध्वस्त हुने नभई, वर्गीय मूल्य र मान्यता एवम् समाजका विभिन्न इकाईहरु समेतमा शंका र अविश्वास पैदा गर्न पुगेको छ ।त्यतिमात्र नभई ती उपकरणहरुको विकिरणले मानव मस्तिष्कदेखि शारीरिक सक्षमतामा ह्रास ल्याउने कार्य समेत गर्न पुग्दछ । मानसिक तथा शारीरिक दुर्वदलताले डिप्रेसनमा पुगेर आत्महत्याका दुर्घटनाहरु समेत दिनप्रतिदिन बढ्दो अवस्थामा पुगेका छन् । प्राकृतिक योगाभ्यास गर्नुपर्ने मानव जीवनमा अप्राकृतिक अभ्यासहरु बढ्ने अवस्था सिर्जना हुन पुगेको छ । आफ्नो मुलुकको आत्मगत र वस्तुगत अवस्था र मुलुक सुहाउँदो भेषभूषा, भाषा, संस्कृति, संस्कारलाई वैज्ञानिकीकरण गर्दै सांस्कृतिक रुपान्तरणमा जोड दिनुपर्नेमा पछौटेपन र दुर देशका छाडा संस्कृति भित्रिने र भित्र्याउने कार्य पूँजीवादले निर्धक्क रुपमा गर्दै आएको छ । यसरी पूँजीवादले मानव जीवनलाई झट्ट हेर्दा सुख सुविधातिर लगे जस्तो त देखिन्छ । तर त्यसको प्रयोगकर्ताले कुन नियत उद्देश्य, सिद्धान्त र विचार दर्शनले प्रयोग गर्दछ भन्ने कुराले परिणाम निर्धारण गर्दछ । मानिसलाई माल (वस्तु) मान्ने र श्रमलाई भ्रम दिएर नाफाको उपकरण मान्ने उद्देश्य लिने राज्य शक्तिले मानव जीवनलाई सुख–सुविधा हैन, मानव समाजबाट अलग्याई एक्लोपनतर्फ लग्दै व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबाई, आत्मकेन्द्रित बनाइदिने काम गर्दछ । तर मानिसलाई माल हो भन्ने नबनाई मानिसको श्रम पनि नाफाको उपकरणको रुपमा नलिई, श्रम नै समाज विकासको बहुमुल्य आधार हो, यसलाई सही प्रकारले व्यवस्थापन गर्दा मात्र समाजवादमा पुग्ने उद्देश्य पुरा हुनेछ भन्ने सिद्धान्त र दर्शनबाट चल्ने राज्य व्यवस्था वा शक्तिको निमित्त त्यही पुँजीवाद अनिवार्य एवम् अपरिहार्य बन्ने कुरा निश्चित छ । किनभने समाजवादको गर्भ नै पुँजीवादमा बसेको हुन्छ भन्ने कुरा समाज विकासको चरणले बताउँदै आएको छ । (साभारः समय दृष्टि साप्ताहिक)

138 Views

ताजा

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान

२०८३ बैशाख ६ गते, आईतवार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८२ चैत्र २७ गते, शुक्रबार

महराविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ चैत्र २६ गते, बिहीबार

श्रममन्त्री साह बर्खास्त

२०८२ चैत्र २६ गते, बिहीबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal