संसद्‌को गतिरोध खुलाउन आज पनि सर्वदलीय बैठक बस्दै

२०८० भाद्र ४ गते, सोमबार

काठमाडौँ । संसद्‌ गतिरोध अन्त्य गर्नका लागि आज पनि सर्वदलीय बैठक बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा हिजो बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज पनि बैठक बोलाइएको हो । बैठक दिउँसो ४ बजे बस्नेछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद्‌ अवरोध गरिरहेको छ । तर, सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिन गरेर टुंग्याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पुरा गर्न नसकिने जनाउँदै आएको छ । सरकार र प्रतिपक्षी दुवै दल आ आफ्ना अडानमा कायमै राखे पछि साउन १२ गते देखी संसद्‌ चल्न सकेको छैन ।

यसबीचमा सभामुख देवराज घिमिरेले संसद्‌ चलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखी प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसहित संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग पनि छलफल गरे पनि अझै निष्कर्ष निस्कन सकेको छैन ।

यद्यपि, सहमतिका लागि भन्दै प्रधानमन्त्री प्रचण्डले समय माग गरे पछि हिजोको बैठक स्थगित गरी साउन ६ गते प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

159 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

२०८३ आश्विन १० गते, शनिबार

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal