बाल रंगकर्मीहरु व्यावसायिक रंगकर्ममा छाउँदै
अशोक शिवाकोटी
काठमाडौं । ‘रंगमञ्च सेलाइरहेको छ, राम्रा प्रस्तुतिहरु छैनन् भनेर थियटरबाट दर्शकहरु टाढिन थालेको समयमा बाल रंगकर्मीहरु थियटरहरुमा आफ्ना दमदार प्रस्तुतिहरु लिएर व्यावसायिक रंगकर्मको बिंडो थाम्न उदाइरहेका छन् । यसको पछिल्ला उदाहरण बनेका छन् लोयोला सेकेण्डरी स्कुल, गैरीगाउँका बाल रंगकर्मीहरु ।
यही भाद्र १,२ र ३ गते ओजस थिएटर (शैली थिएटर), रातोपुलमा ‘हराएकी म’ शिर्षकको नाटक व्यावसायिक रुपमा हरेक दिन ११ र १ बजे गरी दुई दुई वटा प्रदर्शन गरी आफूलाई अब्बल रंगकर्मीको रुपमा उभ्याए । यसको श्रेय भने युवा रंगकर्मी पुष्पराज अवस्थीलाई जान्छ । करिब १२ वर्षको ंरंगमञ्चीय यात्रामा बालबालिकालाई नाटक पढाएर मात्रै नहुने उनीहरुलाई रङ्गमञ्चमा नै उतार्नुपर्छ भन्ने सोचका साथ व्यावसायिक कलाकार उत्पादन गर्नुका साथै नाटक बुझ्ने दर्शक संख्यामा पनि वृद्धि गर्नका लागि आफु पछिल्लो समयमा बाल रंगमञ्चमा व्यस्त रहेको बताउँछन् निर्देशक अवस्थी । बालबालिकालाई नै व्यवसायिक रुपमा रंगमञ्चमा उतारेर हरेक वर्ष कम्तीमा ४÷५ वटा नाटक उत्पादन गर्ने सोच बनाएको र यो वर्षको यो तेस्रो व्यावसायिक नाटक भएको सुनाए निर्देशक अवस्थीले ।
आफ्नो विद्यालयको नियमित अध्ययनलाई पनि सँगसँगै लगेर रंगमञ्चीय गतिविधि गर्न गा¥हो त हुन्छ नै तर पनि आफूहरुले आफ्नो अन्य फुर्सदको समय पनि नभनी नाटक निर्माण कार्यमा जुटेको भनाइ राख्छिन शैली थियटरले आयोजना गरेको राष्ट्रिय बाल नाटक महोत्सवमा उत्कृष्ट अभिनेत्रीको पुरस्कारसमेत हात परिसकेकी कलाकार समृद्धि पाण्डे ।
विद्यालयका प्रिन्सिपल रमेश पनेरुले अहिलेको यो युगमा किताबसँगै अन्य ज्ञान पनि हुन जरुरी भएकोले लोयोला स्कुल आफ्ना विद्यार्थीहरुलाई किताबी ज्ञानको साथसाथै अन्य सिपमुलक तथा प्रयोगात्मक ज्ञान दिन अग्रसर भएकोले विद्यार्थीहरुमा रङ्मञ्चको व्यावसायिक ज्ञानका साथै सामाजमा केही सन्देशसमेत दिने हेतुले नाटक निर्माण गरेको व्यक्त गरे ।
बाल सहित्यकार विजयराज आचार्यले आफ्नो छोरीले भोगेको र आफूले नै अनुभव गरेको तितो यथार्थलाई समेटेर समाजलाई एक सशक्त सन्देश दिनका लागि लेखिएको कथालाई नाट्य रुपान्तरण गरी निर्देशनसमेत गरेका अवस्थीले नाटकलाई व्यावसायिक आकर्षकणका लागि बिम्ब तथा प्रतीकका साथै अन्य रंगशिल्प प्रयोग गर्न कतै पनि चुकेका छैनन् । नाटकको अर्को सुन्दर पक्ष भनेको पाश्र्व संगीत पनि हो । सुदुर पश्चिम प्रदेशमा अली बढी र देशैभरका हिन्दु अनुयायीहरुमा व्याप्त बालिका वा किशोरीमा हुने रजस्वलाको समयमा उनीहरुलाई परिवारबाट अलग्याएर राखिने गैरमानवीय विभेदपूर्ण कुसंस्कारको विरुद्धमा प्रस्तुत नाटकमा कतिपय स्थानमा सुदुरपश्चिमकै गीत संगीतको प्रयोगले नाटकलाई जीवन्त पारेको थियो । नाटकको अर्को सुन्दर पक्ष भनेको कलाकारहरुको जोडदार अभिनय हो । आमा बन्ने आयुषा सुजी, छोरी बन्ने जेनिसा आचार्य, हजुरआमाको चरित्र निर्वाह गर्ने समृद्धि पाण्डे, बुबाको चरित्र निर्वाह गर्ने आरुष गौतमको मनै छुने अभिनयले हरेक क्षण दर्शकको मन जितिरहेको हुन्थ्यो भने पाले दाइ बन्ने आरभ पुरी पनि दर्शकलाई भरपुर मनोरञ्जन दिन तथा आफ्नो बेजोडको अभिनय कौशलता प्रदर्शन गर्न सफल भएका थिए । उनले नाट्यकर्मी महासंघले आयोजना गरेको राष्ट्रिय बाल नाटक महोत्सवमा उत्कृष्ट हाँस्य कलाकारको पुरस्कारसमेत जितिसकेका छन् । अन्य उत्कृष्ट अभिनय गर्ने कलाकारहरुमा जस्टिन थापा, द्रब्यता कुशुवाह, हिमाल तामाङः, कौशल पौडेल, काब्या शर्मा, श्रेया बुढाथोकी, निमिसा श्रेष्ठ, रिमिसा श्रेष्ठ, प्रस्तुती भण्डारी, सुमन खड्का, प्रक्सिस राना कुवँर, आश्रिका अधिकारी हुन भने मञ्च व्यवस्थापन आस्था कार्की र सहायक निर्देशन भरत महर (बिटी) को रहेको थियो ।
आफ्ना नानीबाबुहरुलाई पछिल्लो समयमा बढिरहेको इन्टरनेट तथा मोबाइलको लत छुटाउन के गर्ने होला भनेर अन्य अभिभाबहरुलाई सकस परिहेको समयमा आफ्नो छोराछोरीहरु यसरी सृजनशील माध्यमबाट आफ्नो वहुआयामिक विकासका साथै समाजमा व्याप्त कुरीतिको विरोध गर्नमा सक्रिय रहेकोमा उपस्थित अभिभाबकहरु खुशी देखिन्थे । नाटकमा संलग्न कलाकारहरु अन्तरव्यक्ति सम्बन्ध सिप सिकाइअन्तर्गत आफ्ना आफन्त वा निकटका व्यक्तिहरुलाई टिकट बेच्ने कार्यका समेत सहभागी थिए । बाल अधिकारको दृष्टिमा बालकालिकाहरुलाई अर्थ संकलनको गतिविधिमा लगाउन राम्रो नमानिए पनि बालबालिकाहरुमा समाजमा व्याप्त कुरीतिको विरोध गर्न वा आफ्ना सृजनाहरुलाई व्यावसायिकता दिने सिप सिक्नका लागि गरेको यो प्रयास नकारात्मक भने देखिँदैन ।
ताजा
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबार
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
२०८२ चैत्र २७ गते, शुक्रबार
महराविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ चैत्र २६ गते, बिहीबार
श्रममन्त्री साह बर्खास्त
२०८२ चैत्र २६ गते, बिहीबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





