सुन तस्करी सरकारकै संलग्नतामा भएको एमालेको ठहरः

२०८० श्रावण २८ गते, आईतवार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले साउन ३ गते बरामद भएको १०० केजी अवैध सुन तस्करी प्रकरणमा सत्ताकै मान्छेहरुको संलग्नतामा भएको बताउनु भएको छ ।

आइतबार केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले उक्त कुरा उल्लेख गर्नु भएको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पछिल्लो राजनीतिक र समसामयिक घटनाक्रमबारे प्रेस वक्तव्य वाचन गर्दै सुन तस्करीमा सरकारकै संलग्नता रहेको जनाउनु भएको छ ।

‘सय केजी सुन तस्करी सत्ता संक्षित गम्भीर अपराध हो। उक्त तस्करीका लागि बाटो खोल्न विमानस्थलका सीसीटीभी फुटेज पनि तोडिएको छ’, एमालेले भनेको छ, ‘सुन तस्करीमा गृहमन्त्रालयको नेतृत्व जोडिएको छ। त्यसैले त्यही मन्त्रालयबाट छानबिन हुन सक्दैन भनेका हौँ।’

एमालेले सत्ताकै संरक्षमा तस्करी भएकाले उच्चस्तरीय समिति मागिएको जनाएको छ। ‘यस प्रकरणमा उच्चस्तरीय स्वतन्त्र र निष्पक्ष न्यायिक समिति बन्नुपर्छ। सत्तारुढ दलबाटै पनि उठाइएको विषय हो’, एमालेले वक्तव्यमा भनिएको छ,‘ बरु उक्त छानबिन समितिमा सत्तारुढ दलका मान्छे पनि राखौँ।’

159 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal