पाकिस्तान रेल दुर्घटना, मृतकको सङ्ख्या ३० पुग्यो

२०८० श्रावण २२ गते, सोमबार

एजेन्सी । पाकिस्तानमा आइतबार भएको रेल दुर्घटनाले पुरै देश शोकमा डुबेको छ । हजारा एक्सप्रेसका करिब १० डब्बा पटरीबाट खसेर दुर्घटना हुँदा हालसम्म ३० जनाको मृत्यु भइसकेको छ भने ८० भन्दा बढी घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार यस दुर्घटनामा धेरै यात्रु गम्भीर घाइते भएकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ ।

जियो न्युजको रिपोर्ट अनुसार रावलपिंडी जाँदै गरेको हजारा एक्सप्रेस सहारा रेलवे स्टेसन नजिकै शहजादपुर र नवाबशाहको बीचमा आइतबार दुर्घटनामा परेको थियो। जसमा ८० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि सिन्धको नवाबशाहस्थित पिपुल्स मेडिकल अस्पतालमा लगिएको छ । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको मिडिया रिपोर्टमा दाबी गरिएको छ । यस्तो अवस्थामा मृतकको सङ्ख्या अझै बढ्न सक्ने जनाइएको छ ।

यस दुर्घटनालाई ध्यानमा राख्दै, पाकिस्तान रेलवे अधिकारीहरूले सिन्धको भित्री जिल्लाहरूबाट रेलहरूको सञ्चालन निलम्बित गरिएको जानकारी दिएका छन् । रेल सेवा पुनर्स्थापित गर्न १८ घण्टा लाग्न सक्ने उनीहरुले बताएका छन् । स्थानीय प्रशासनका अनुसार दुर्घटनापछि नजिकका अस्पतालहरूमा आपत्कालीन अवस्था लागू गरिएको छ ।

175 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal