पाकिस्तान रेल दुर्घटना, मृतकको सङ्ख्या ३० पुग्यो
एजेन्सी । पाकिस्तानमा आइतबार भएको रेल दुर्घटनाले पुरै देश शोकमा डुबेको छ । हजारा एक्सप्रेसका करिब १० डब्बा पटरीबाट खसेर दुर्घटना हुँदा हालसम्म ३० जनाको मृत्यु भइसकेको छ भने ८० भन्दा बढी घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार यस दुर्घटनामा धेरै यात्रु गम्भीर घाइते भएकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ ।
जियो न्युजको रिपोर्ट अनुसार रावलपिंडी जाँदै गरेको हजारा एक्सप्रेस सहारा रेलवे स्टेसन नजिकै शहजादपुर र नवाबशाहको बीचमा आइतबार दुर्घटनामा परेको थियो। जसमा ८० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि सिन्धको नवाबशाहस्थित पिपुल्स मेडिकल अस्पतालमा लगिएको छ । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको मिडिया रिपोर्टमा दाबी गरिएको छ । यस्तो अवस्थामा मृतकको सङ्ख्या अझै बढ्न सक्ने जनाइएको छ ।
यस दुर्घटनालाई ध्यानमा राख्दै, पाकिस्तान रेलवे अधिकारीहरूले सिन्धको भित्री जिल्लाहरूबाट रेलहरूको सञ्चालन निलम्बित गरिएको जानकारी दिएका छन् । रेल सेवा पुनर्स्थापित गर्न १८ घण्टा लाग्न सक्ने उनीहरुले बताएका छन् । स्थानीय प्रशासनका अनुसार दुर्घटनापछि नजिकका अस्पतालहरूमा आपत्कालीन अवस्था लागू गरिएको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





