मन्त्री वस्नेतले अब के–के गर्लान् ?

२०८० श्रावण २१ गते, आईतवार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर वस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसंगतिको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । उनले स्वास्थ्य सेवा पाउनु नागरिकको पहिलो हक भएको भन्दै त्यसै अनुसारका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

सिन्धुपाल्चोक– २ बाट प्रतिनिधिसभाको निर्वाचन जितेका वस्नेतले मन्त्रालयसँग सम्बन्धित विषयमा पटक पटक सरोकारवालासँग छलफल पनि गर्दै आएका छन् । उनले नेपालकै पुरानो सरकारी अस्पतालका रुपमा चिनिने वीर अस्पतालालाई व्यवस्थित गर्ने र सबैको भरोसाको केन्द्र बनाउने बताइरहेका छन् । सरकारी अस्पतालमा बिरामीले भोग्नुपरेको दुःखका बारेमा पनि उनी चिन्तित रहेका छन् । उनले अस्पताल प्रशासनलाई सेवाग्राहीको उपचारलाई सरल र व्यवस्थित गर्न भन्दै आएका छन् । यसअघि उपचार गर्ने पैसाको अभावमा धेरै नागरिकले ज्यान गुमाउनुपरेको भन्दै उनले अब भनें त्यस्तो अवस्था आउन नदिने बताएका छन् । केही दिनअघि काभ्रेमा आयोजित एक कार्यक्रममा उनले उपचारको अभावमा कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु नपर्ने बताए ।

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक –१ बाट पराजित भए पनि उनले जिल्लाका मात्र होइन अन्य क्षेत्रका नागरिकका लागि पनि शिक्षा र स्वास्थ्यमा आफ्नो व्यक्तिगत तर्फबाट ठूलो लगानी गरेका थिए । उनले त्यतिबेला धेरै विद्यार्थीलाई आफ्नो खर्चमा विद्यालय तथा क्याम्पस पठाइदिएका थिए । उनले अझै पनि यो अभियान चलिरहेको बताएका छन् । जिल्लामा गएको बाढीपहिरोका साथै अन्य प्राकृतिक प्रकोपमा पनि उनी सक्रिय भएर राहत र उद्धारमा लागेका थिए । उनी त्यतिबेला आफू सांसद नभए पनि जनताको काममा लागेको बताएका थिए । उनले त्यसै क्षेत्रबाट निर्वाचित सांसद र सरकार पुग्नुभन्दा अघि आफू पुगेको पनि दाबी गरेका थिए । यसअघि क्षेत्र नम्बर १ बाट निर्वाचन जितेका उनले गत मंसिरमा भएको निर्वाचनमा भनें अर्को क्षेत्रमा उम्मेदवार भएर जितेका हुन् ।
मन्त्री वस्नेतकै अग्रसरतामा अब अस्पतालले उपचारका क्रममा हुने मृत्युको अडिट रिपोर्ट तयार पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागमा पठाउनुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई उपचार गरेका बिरामीको मृत्यु भएमा मृत्युको कारण पहिचान गरी प्रतिवेदन पठाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयको मंगलबारको सचिवस्तरीय निर्णय अनुसार स्वास्थ्य मन्त्रालयकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतिले सबै अस्पताललाई अस्पतालमा मृत्यु भएकाको मृत्युको कारण पहिचान प्रतिवेदन पठाउन पत्राचार गरेकी हुन् ।

मन्त्रालयले सबै संघीय, प्रादेशिक, स्थानीय र निजी तथा सामुदायिक अस्पतालहरुलाई स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएकाको मृत्युको कारण पहिचान गरी त्यसको प्रतिवेदन पठाउन पत्राचार गरेको हो । प्रतिवेदन स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखामा पठाउनुपर्ने छ । उक्त रिर्पोटले मृत्युको ट्रेन्ड कस्तो छ ? कुन रोग, के कारणले बढी मृत्यु हुँदो रहेछ ? भन्ने यथार्थ जानकारी हुने भएकोले मृत्यु अडिट गर्न लागेको मन्त्रालयका अधिकारी बताउँछन् ।
यसअघिका कुनै पनि स्वास्थ्यमन्त्रीले यो व्यवस्था गरेका थिएनन् । विभिन्न रोगका कारण मानिसको अकालमा मृत्यु भएको र कतिपय रोगको पहिचान नै नहुँदै मानिसको ज्यान जाने गरेकाले मन्त्री वस्नेतको अग्रसरतामा मन्त्रालयले यस्तो निर्णय गरेको जनाइएको छ । मन्त्री वस्नेतको कामलाई नागरिकले सकारात्मक रुपमा हेरेका छन् ।

117 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal