‘२०६२ सालको चप्पल’ को फाइल नै खुलेन
साहित्यकार योगलाल गौतम
नेपाली साहित्यको फाँटमा परिचित नाम हो योगलाल गौतम । जीवन लेखनसहित ‘फूलको आत्मसमर्पण, रणभेरी र प्रेमको मलामी’ जस्ता करिब एक दर्जन कृतिका सर्जक गौतम ‘अणुवीक्षण’ निवन्धोपन्यासको प्रकाशनको तयारीमा छन् । व्यक्तिगत जीवन, साहित्य र ‘अणुवीक्षण’ सँग सम्बन्धित रहेर गरेको कुराकानी ः
गुमनाम हुनुभयो नि यो बीचमा ?
त्यसो होइन, केही न केही सिर्जना गरिरहेकै छु । मिडियामा नदेखिएको मात्रै हो । एक जना सर्जकले जहाँ जसरी रहँदा पनि केही न केही सिर्जना गरिरहेको हुन्छ । फेरि म आफ्नो काम विस्तारै आफ्नै पाराले गर्ने भएकाले तपाइले कतै बाहिर हल्लाखल्ला भएको थाहा नपाउनुभएको हुन सक्छ । भित्रभित्रै साहित्य सिर्जना गरिरहेको र भोलिका दिनमा केही लक्ष्य लिएर हिँडेको मान्छेलाई गुमनाम भएको भन्न मिल्दैन ।
वर्षको एउटा कृति प्रकाशन गरिरहनुभएको थियो, यो वर्ष केही नपाउने हुन् पाठक र शुभचिन्तकले ?
बजारमा पुस्तक नआएको मात्र हो गत साल तर उपन्यास लेखिरहेको छु । केही समयमै तपाइले नयाँ कृति पाउनुहुने छ र यस्तो प्रश्न फेरि गर्न पाउनुहुने छैन । कृति लेख्न सजिलो छ तर त्यसलाई पाठकमाझ विश्वास जित्न गाह्रो हुने भएकाले कसरी पाठकसामु छिटो र सजिलो पाराले जान सकिन्छ भनेर लागिरहेको छु । छिटोछिटो साहित्यिक कृति प्रकाशन गर्दा त्यसको गहिराइसम्म पुग्न सकिँदैन कि भन्नेमा म गम्भीर छु ।
केही समयमै ’अणुवीक्षण’ लिएर आउँदै हुनुहुन्छ त्यो कस्तो कृति हो ?
हो । ‘अणुविक्षण’ भन्नेबित्तिकै यो के होला भन्ने लाग्न सक्छ । यो सबैले नसुनेको र सुने पनि त्यति धेरै वास्ता नगरेको शब्द नै हो । फेरि मेरा अन्य कृतिका शीर्षक पनि त्यस्तै खालका नै हुन्छन्, जसलाई पाठकले नजिकबाट नियालिसक्नुभएको छ । अको अर्थ स– साना विषयहरुको मिहिन विवेचना र विश्लेण भन्ने हुन्छ ।
उपन्यास र शीर्षकबीच कसरी मेल खान्छ ?
यस उपन्यासभित्र मैले भौतिक, अभौतिक, दृश्य, अदृश्य, शहर, गाउँ सम्पूर्ण यथार्थहरुको मिहिन ढंगले एक– एक गरेर विश्लेषणात्मक ढंगले व्याख्या गरेको छु त्यसैले ‘अणुवीक्षण’ शीर्षक ठीक छ भन्ने लागेको छ । कुनै एक पुुस्तकले कुनै एक विषय वा वस्तुको अणुुवीक्षण गरेको हुन्छ । मैले पहिले नै के भनिसकेको छु भने अनुवीक्षण भनेको विषय वा वस्तुप्रतिको गहिरो विचार हो, धारणा हो, चौतर्फी ढंगबाट गरिएको सुक्ष्म विवेचना हो । समग्रमा साहित्यले अणुवीक्षण नै गर्दछ । सिर्जनाको गुण भन्नु नै अणुवीक्षण भएको हुनु हो । साहित्यका सम्पूर्ण विधाहरुले समाज र जगतप्रतिको सुक्ष्म ढंगले अवलोकन गर्दछन् । तर केही सतही कृतिहरुले वा पुस्तकहरुले त्यसो नगरेका हुन सक्छन् । सबै कृतिहरुले अणुवीक्षण नै गर्छन् भन्ने छैन । कुनै कुनै कृतिहरु त शब्द र अक्षरहरुको डंगुर पनि हुन सक्छन् ।
‘२०६२ सालको चप्पल’ बजारमा नल्याइकन रोकेर राख्नुभयो नि किन ?
सेटिङ्का सम्पूर्ण कामहरु सकेर इमेलमा राखिएको थियो । त्यो फाइल अन्त कतै थिएन । पछि त्यो लेखसंग्रह छाप्नुपर्यो भनेर फाइल खोल्दा फाइल नै खुलेन त्यसैले त्यो रोकिएको हो । त्यसै कारणले पनि २०७९ सालमा मेरो कृति बजारमा आउन सकेन । तर अब २०८० सालका लागि त्यो लेख संग्रहलाई जम्प गरेर अणुवीक्षण आउँदैछ ।
अणुवीक्षणलाई निवन्धोपन्यासको विधामा राख्नुभएको हो ?
साहित्यका दुई फरक विधाहरु निवन्ध र उपन्यासलाई एकै शब्दमा निवन्धोपन्यास भनिएको हो । निवन्धको विशेषता र उपन्यासको विशेषता फरक फरक छन् । निवन्धमा विश्लेषण बढी हुन्छ र विषयप्रतिको विवेचना अलि बढी हुन्छ वा त्यो दर्शनोन्मुख हुन्छ तर उपन्यास घटना र पात्रप्रधान हुन्छ । मैले यो कृतिमा केही नयाँ प्रयोग गर्न खोजेको छु । घटना, पात्र, वस्तु, चरित्र, इकाई, यात्रा सबैलाई दार्शनिक ढंगले केलाउन खोजेको छु । जस्तो कि यो कृतिमा निवन्ध र उपन्यास दुवैका गुणहरु समानान्तर छन् । कहीँ घटना छन्, कहीँ त्यही पात्रमाथिको दृष्टिकोण छ, कहीँ घटनाप्रतिको धारणा छन्, कहीँ भौतिक पदार्थमाथिको दृष्टिचेत छ । त्यसैले मैले यो कृतिलाई निवन्धोपन्यास विधामा राखेको छु ।
त्यसो भए अब तपाईं दर्शनतिर लाग्नुभएको हो ?
त्यतातिर लाग्ने प्रयत्न गर्दैछु । नेपाली साहित्यले वा समग्र सिर्जना जगतले वस्तुलाई मात्र देखाएर पुगेन, पुग्दैन । भौतिक वस्तु, क्रिया र अभौतिक तत्वहरुमाथिको दार्शनिक एंव अध्यात्मिक चेत जरुरी छ । जतिबेलासम्म रचनामा त्यो हुँदैन , रचना जीवन्त बन्न सक्दैन । मेरो जीवनकालमा मेरा रचनाहरुले पाठकहरुको मष्तिस्कमा विवेक विजारोपण गर्ने भूमिका निर्वाह गर्छ या गर्दैन त्यो फरक विश्लेषण हो तर प्रयत्न भने गर्ने छु ।
सुनापति प्रज्ञा प्रतिष्ठापनको प्राज्ञमा नियुक्ति गरिएको छ होइन तपाईलाई ?
अँ, हो ।
त्यहाँबाट नेपाली साहित्यका लागि के–के योगदान दिन सक्नुहुन्छ ?
नेपाली सिर्जनामा मौलिकताको जगेर्ना गर्नु, स्थानीयता भित्र्याउनु, गाउँबाट सहर पलायन हुने विषयलाई उजागर गर्नु र त्यसको समाधान खोज्नु हाम्रो कर्तव्य हो । रामेछापको सुनापति गाउँपालिकाभित्रका सर्जकहरुलाई सम्मान गर्नु , श्रष्टाहरुको खोजी गर्नु, पालिकास्तरीय लेखन, वाचनका कार्यक्रमलाई जोड दिनुमात्र नभई साहित्यकारहरुका कृतिहरुलाई प्रकाशन गर्न भूमिका खेल्नु, पालिकास्तरीय साहित्य सम्मेलन एंव गोष्ठीको आयोजना गर्नुजस्ता कामलाई मैले आफ्नो कर्तव्य ठानेको छु ।
ताजा
भाइरल ७ तल्ले भवनमा चल्यो डोजर
२०८३ बैशाख २० गते, आईतवार
भाइरल ७ तल्ले भवनमा चल्यो डोजर
२०८३ बैशाख २० गते, आईतवार
सर्वोच्चको आदेशपछि लेखापढी व्यवसायीलाई राहत, कार्यालयमा सहज रुपमा प्रवेश गर्न पाउने
२०८३ बैशाख २० गते, आईतवार
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
२०८३ बैशाख १७ गते, बिहीबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





