पुष्पलाल दुरदर्शी नेताः मेटमणि चौधरी

२०८० श्रावण ७ गते, आईतवार

घोराही । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले पुष्पलाल दुरदर्शी नेता भएको बताएका छन् । एकीकृत समाजवादी जिल्ला कमिटी दाङले शनिबार घोराहीमा आयोजना गरेको ४५ औं पुष्पलाल स्मृति दिवसमा आयोजित भेलालाई सम्बोधन गर्दै चौधरी उक्त धारणा राखेका हुन् ।
‘कम्युनिष्ट पार्टीको स्थापना गर्ने देखि लिएर नेपाली समाजको विश्लेशन गर्ने काम समेत पुष्पलालले गर्नुभयो । त्यो समयमा गणतन्त्रको कुरा गर्ने उहाँ वास्तवमा दुरदर्शी नेता हो भन्ने कुरा अहिले पुष्टि भयो ।’ पुष्पलाल सहकार्यका सुत्रधार समेत रहेको बताउँदै दाङ क्षेत्र नं १ का संघीय सांसद चौधरीले भने, ‘कांग्रेस र कम्युनिष्टको सहकार्यविना व्यवस्था फाल्न सकिदैन भन्ने पुष्पलालको मान्यता थियो । आखिर त्यो पनि पुष्टि भयो । आज पनि हेर्नुस् बामपंथी र कांग्रेसकै सरकार छ ।’ समाजवादीका जिल्ला अध्यक्ष भुप बहादुर केसीको अध्यक्षतामा सम्पन्न स्मृति सभामा सभासद अनारकली मियाँ, तिलक केसी, वीर बहादुर केसी, मुकुन्द बहकरी, चिरञ्जिवी बुढाथोकी, सावित्रा रिजाल, राम प्रसाद गैरे लगायतले पुष्पलालको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रमको सहजीकरण भने सचिव जानुका रेग्मीले गरेकी थिइन् ।

132 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal