सय प्रतिशत, हजार प्रतिशत, लाख प्रतिशत त्यो सुन मेरो होइनः मल्होत्रा

२०८० श्रावण ४ गते, बिहीबार

सुरेन्द्र बहादुर खत्री सिलवाल
काठमाडौँ । व्यापारी दिपककुमार मल्होत्राले बुधवार समातिएको झण्डै एक क्विन्टल तस्करीको सुनबारे आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मल्होत्राले बरामद सुन र ट्याक्सीबारे आफूलाई समेत जोडेर समाचार प्रकाशित भएकोमा ती समाचारहरु भ्रामक असत्य भएको प्रष्टीकरण दिएका हुन् ।

‘समाचारमा लेखिएजस्तो यो विषयमा मेरो कुनै पनि संलग्नता नभएको र प्रकाशित समाचारमा मसँग सम्बन्धित विषयहरु सत्य नभएको, भ्रामक र कपोकल्पित रहेको जानकारी गराउँछु’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा मल्होत्राले भनेका छन् ।

उनले आफू र आफ्नो परिवारका सबै सदस्यहरुको व्यवसायिक कारोबारहरु नेपाल कानुन बमोजिम स्थापना भएका निकाय मार्फत हुने गरेको पनि बताएका छन् । ‘म र मेरो परिवारले व्यक्तिगत रुपमा तथा प्रत्यक्ष एवं परोक्ष रुपमा अन्य व्यक्तिसँग मिली वा अन्य व्यक्तिलाई परिचालन गरी गैरकानुनी कुनै कारोवार गर्ने गरेको छैन’, मल्होत्राको भनाइ छ ।

‘मेरो सुन भएको भए म डाँडा काटिसकेको हुन्थेँ । मेरो व्यापार छुट्टै छ । त्यसबारे मलाई केही थाहा छैन,’ उनले भने, ‘समाचारमा आशंका भन्ने शब्द प्रयोग गरिएको छ । आशंकाको भरमा लेखिएको समाचार गलत छ । सय प्रतिशत, हजार प्रतिशत, लाख प्रतिशत त्यो सुन मेरो होइन । यदि पुष्टि हुन्छ भने म जे पनि सजाय भोग्न तयार छु ।’

115 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal