गौर हत्याकाण्डः अनिश्चितकालीन रौतहट बन्दको घोषणा

२०८० श्रावण १ गते, सोमबार

जनकपुरधाम । गौर हत्याकाण्डविरुद्ध आज रौतहटको गौरमा पीडितहरूले प्रदर्शन गरेका छन् । गौर हत्याकाण्डपीडित संघर्ष समितिले घटनामा दोषीलाई अविलम्ब कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन गरेको हो । समितिका संयोजक रुपसागर देवीको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले मुख्यदोषी उपेन्द्र यादवलाई कारबाही गर, पीडितलाई न्याय देऊ, हत्यारालाई बचाउन पाइँदैनजस्ता नारा लगाएका छन् ।

उनकै नेतृत्वमा रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै रौतहट जिल्ला अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ । संघर्षका कार्यक्रम अनुसार आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ भने साउन २ गतेदेखि १२ गतेसम्म पालिकाहरूमा गौर हत्याकाण्डबारे जानकारी गराउने एवं अन्तरक्रिया गर्ने, साउन १३ गते शहीदपरिवार एवं पीडित धर्ना दिने, साउन १४ गते मोटरसाइकल रैली निकाल्ने र साउन १५ गतेदेखि अनिश्चितकालिन रौतहट बन्द गरिने ज्ञापनपत्रमा उल्लेख छ ।

०६३ चैत ७ मा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रले गौर राइसमिलमा एकै समयमा एउटै ठाउँमा कार्यक्रम गर्दा झडप भएको थियो । जसमा प्रहरीसहित २७ जना मारिएका थिए ।

प्रदर्शनकारीले उपेन्द्र यादव नेतृत्वको जत्थाले जघन्य अपराध गरेको आरोप लगाइएको छ । उक्त हत्याकाण्डमा संलग्न अपराधीहरूलाई कानूनी दायरामा ल्याई कारबाही नगरेकाले रौतहट जिल्ला प्रहरी कार्यालयमा ०६४ चैत २८ मा जाहेरी दर्ता भएको आज १७ वर्ष बितिसक्दा पनि कारबाही प्रारम्भिक चरणको काम पनि नभएको विज्ञप्तीमा उल्लेख छ ।

‘अपराधीहरूलाई वर्षौं वर्षसम्म पनि अनुसन्धानको दायरामा ल्याई कारबाही नगर्नाले पीडितहरुको आँखा अगाडि नै अपराधीहरू खुलेआम घुमिरहेको देख्नुपर्दा हामीलाई अझ बढी पीडा बोध हुन गएको भन्दै ज्ञापनपत्रमार्फत दोषीलाई अविलम्ब कारबाही गरी न्यायको प्रत्याभूति गराउन माग गर्छौं’, ज्ञापनपत्रमा उल्लेख छ ।

132 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal