गौर हत्याकाण्डः अनिश्चितकालीन रौतहट बन्दको घोषणा

२०८० श्रावण १ गते, सोमबार

जनकपुरधाम । गौर हत्याकाण्डविरुद्ध आज रौतहटको गौरमा पीडितहरूले प्रदर्शन गरेका छन् । गौर हत्याकाण्डपीडित संघर्ष समितिले घटनामा दोषीलाई अविलम्ब कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन गरेको हो । समितिका संयोजक रुपसागर देवीको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले मुख्यदोषी उपेन्द्र यादवलाई कारबाही गर, पीडितलाई न्याय देऊ, हत्यारालाई बचाउन पाइँदैनजस्ता नारा लगाएका छन् ।

उनकै नेतृत्वमा रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै रौतहट जिल्ला अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ । संघर्षका कार्यक्रम अनुसार आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ भने साउन २ गतेदेखि १२ गतेसम्म पालिकाहरूमा गौर हत्याकाण्डबारे जानकारी गराउने एवं अन्तरक्रिया गर्ने, साउन १३ गते शहीदपरिवार एवं पीडित धर्ना दिने, साउन १४ गते मोटरसाइकल रैली निकाल्ने र साउन १५ गतेदेखि अनिश्चितकालिन रौतहट बन्द गरिने ज्ञापनपत्रमा उल्लेख छ ।

०६३ चैत ७ मा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रले गौर राइसमिलमा एकै समयमा एउटै ठाउँमा कार्यक्रम गर्दा झडप भएको थियो । जसमा प्रहरीसहित २७ जना मारिएका थिए ।

प्रदर्शनकारीले उपेन्द्र यादव नेतृत्वको जत्थाले जघन्य अपराध गरेको आरोप लगाइएको छ । उक्त हत्याकाण्डमा संलग्न अपराधीहरूलाई कानूनी दायरामा ल्याई कारबाही नगरेकाले रौतहट जिल्ला प्रहरी कार्यालयमा ०६४ चैत २८ मा जाहेरी दर्ता भएको आज १७ वर्ष बितिसक्दा पनि कारबाही प्रारम्भिक चरणको काम पनि नभएको विज्ञप्तीमा उल्लेख छ ।

‘अपराधीहरूलाई वर्षौं वर्षसम्म पनि अनुसन्धानको दायरामा ल्याई कारबाही नगर्नाले पीडितहरुको आँखा अगाडि नै अपराधीहरू खुलेआम घुमिरहेको देख्नुपर्दा हामीलाई अझ बढी पीडा बोध हुन गएको भन्दै ज्ञापनपत्रमार्फत दोषीलाई अविलम्ब कारबाही गरी न्यायको प्रत्याभूति गराउन माग गर्छौं’, ज्ञापनपत्रमा उल्लेख छ ।

15 Views

ताजा

पाँचौ सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ मा हुने

२०८० आश्विन ५ गते, शुक्रबार

पाँचौ सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ मा हुने

२०८० आश्विन ५ गते, शुक्रबार

दलाल पूँजीपतिद्वारा संक्रमित व्यवस्थापिका र कार्यपालिका

२०८० आश्विन ५ गते, शुक्रबार

संगीत सुख दुःखको सारथी हो

२०८० आश्विन ५ गते, शुक्रबार

शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन

२०८० आश्विन ३ गते, बुधबार

एमालेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम

२०८० आश्विन ३ गते, बुधबार

संविधानले सम्झिएका सुशील र सुवास

२०८० आश्विन ३ गते, बुधबार

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछः राष्ट्रपति पौडेल

२०८० आश्विन ३ गते, बुधबार

संविधानको कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्न सरकार प्रतिबद्ध छःः प्रधानमन्त्री दाहाल

२०८० आश्विन ३ गते, बुधबार

मुलुकलाई संविधानले समृद्धितर्फ अघि बढ्न दिशानिर्देश गरेको छः देउवा

२०८० आश्विन ३ गते, बुधबार

आज संविधान दिवस, सार्वजनिक विदा

२०८० आश्विन ३ गते, बुधबार

लोकप्रिय

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal