एक्काइस वर्षपछि रेल चढ्न पाउँदा….
गोपालप्रसाद बराल
महोत्तरी। महोत्तरीको भंगाहा–४ पलारकी सियानकीदेवी बाँतरको रेल चढ्ने रहर पूरा भएको छ। सोमबार बिहानै भंगाहा–५ स्थित रेलस्टेसनबाट उनी रेल चढिन्।
“हमरा सैद्खन रेल चलके इञ्तिजार छल, आव पूरा भेल (मलाई सधैं रेल कहिले चल्ला भन्ने पखाई थियो, अब पूरा भयो)”, भंगाहा स्टेसनबाट रेल जनकपुरतर्फ गुडेपछि खुसी साँट्दै बाँतरले भनिन्, “आब चल्ली जनकपुर ! घुइमफिरक सझुका रेलस घर चैल आयब)अब हिँडे जनकपुर१ घुमफिर गरेर साँझ रेल चढेरै घर फर्कौँला)।”
विसं २०५९ को बर्खे भेलले बिग्ही नदीको पुल भाँसिएपछि रेल सेवा बन्द भएको थियो। त्यसपछि बाँतरको जनकपुर आवतजावत पातलिएको थियो। आफ्नो ठाउँमा २१ वर्षपछि रेल चलेपछि बाँतरजस्तै भंगाहा(४ कै रामनगर बस्तीकी हेमकुमारी सदा पनि दङग छिन्।
“आब त बजार कर आ सब मेलामें जनकपुर सहजे जासकैछि (अब त बजार काम र जुनसुकै मेला हेर्न सजिलै जनकपुर जान सकिन्छ)”, रेल चल्दा खुसी भएकी सदाले भनिन्।
आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपाल रेल्वे कम्पनीको जयनगर(बर्दिबास रेल्वेको भंगाहा(कुर्था खण्डको थप १७ किलोमिटर दूरीको सेवा विस्तारको उद्घाटन गरेपछि सोमबारदेखि नियमित रेल सेवा सुरु भएको हो। रेल सेवा सञ्चालनमा आएपछि यहाँका बासिन्दामा खुसीयाली छाएको छ।
आफू सानो छँदा आमाले रेलमा चढाएर जनकपुर घुम्न लैगेको सम्झदै भङगाहा(४ रामनगरकै ३० वर्षीय रामईश्वर ठाकुर भन्छन्, “रेल चढ्न फेरि पायौंँ, अब जनकपुरदेखि भारतको जयनगरसित सिधा सम्पर्कमा जोडिएका छौँ।”
विसं २०५९ अघि भङ्गाहाको यसै ठाउँमा अवस्थित स्टेसनलाई विजलपुरा भनिन्थ्यो। यहाँबाट दैनिक जनकपुर हुँदै जयनगरसम्म रेल सेवा सञ्चालनमा थियो। बर्खेभेलले बिग्ही नदीको पुल भाँसिएपछि रेल सेवा बन्द हुनपुगेको थियो।
त्यतिखेर कोइलारदाउराले इञ्जिनको सानो लिकमा चल्ने रेलको ठाउँमा अब ब्रोडगेज (ठूलो लिक) र डिजलबाट चल्ने भएको छ। इञ्जिन र डब्बा (बोगी) टलक्क टल्कने रेल चढेर स्थानीयवासी पहिलो दिन नै रामजानकी दर्शन गर्न जनकपुर प्रस्थान गरेका थिए।
रेल सेवा विस्तार भई अब जयनगर– बर्दिबासम्म चल्ने भएको छ। यसका तीन खण्डमध्ये पहिलो खण्ड (कुर्था–जयनगर) को ३५ किमी दुरीमा यसअघि नै सेवा सञ्चालन भइसकेको छ । सोमबार सेवा विस्तार भएको दोस्रो खण्ड .(भंगाहा–कुर्था) को दूरी १७ किमी छ।
तेस्रो खण्ड (भंगाहा(बर्दिबास) को १८ किमी दूरीमा भने लिक र अन्य पूर्वाधार निर्माणको काम नथालिँदा यस खण्डमा कहिले रेल चल्ने भन्नेबारे अन्यौल छ। तेस्रो खण्डमा जग्गा मुआब्जा विवाद लम्बिँदा निर्माणमा ढिलाइ भएको छ। किसानले मुआब्जा लिइसकेकाले निर्माण कम्पनीसँग काम अघि बढाउन समन्वय भइरहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिए।
“भंगाहा–कुर्था खण्डमा सेवा विस्तार भएपछि अब रेल ५२ किमीमा नियमित चल्ने भएको छ”, उनले भने, “अब चाँडै तेस्रो खण्डमा काम अघि बढ्ने छ।” भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१४ देखि काम सुरु भएको हो। बर्दिबास (महोत्तरी)(जनकपुरधाम (धनुषा)(जयनगर (भारत) सम्मको ६९ किलोमिटर दुरीमध्ये अब ५२ किमीमा रेल चल्न थालेको छ।
रेल सेवा सञ्चालनका तिथिमिति पटक पटक तोकिए पछि रेल नचलेपछि महोत्तरीको भंगाहा, पशुपतिनगर, प्रेमनगर, लोहारपट्टी, सिङ्ग्याही, धमौरा, हरिनमरी, हतिसर्वा, मेघनाथगोरहन्ना, बलवासहितका बासिन्दा तथा धनुषाको खोरिया सीतापुर, धुमासान, भूचक्रपुर र कात्तिककुमारसम्मका बासिन्दा निरास भएका थिए। “अब रेल नियमित बढ्न पाइने आशा छ,” धनुषाको खोरिया सीतापुरकी कौशल्या कापरले खुसी हुँदै भने।
“कि कहुँ, पोरे साल रेल चलके वात छल, मुदा ओहिना हल्लेमे सिमटागेल (के भनौँ, परार नै रेल चल्ने कुरा थियो, तर कुरैमा मात्रै सिमित रह्यो)”, उनले भने– “अब सबै पीर हट्यो, सागसब्जी र दूध सजिलै जनकपुरहुँदै जयनगर बिक्री गर्न सकिने भयो।” रेल सञ्चालनसँगै व्यापार व्यवसायमा पनि टेवा पुग्ने यहाँका बासिन्दा बताउँछन्।
अहिले दैनिक एकपटक साँझ भंगाहा आउने र बिहान ७।३० बजे रेल छुट्ने व्यवस्था मिलाइएको महाप्रबन्धक झाको भनाइ छ। पछिल्लो पटक २०७८ चैत १९ गते प्रथम खण्ड ९कुर्था(जयनगर० मा सञ्चालनमा आएको रेल सेवा गत मङ्सिरको विवाहपञ्चमीदेखि दुईपटक गरिएको थियो। सो खण्डको सेवा आजदेखि तीन पटक गरिएको कम्पनीले जनाएको छ।
सन् २०१० मा नेपाल र भारतबीच भएको सम्झौताअनुरुप भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोग (सम्झौताका बेला उल्लेखित रकम पछि समय लम्बिँदै जाँदा रु १२ अर्ब पुगेको) मा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा सुरु भएको हो। निर्माणको काम भारतीय कम्पनी ‘इरकन’ले गर्दै आएको छ। (रासस)
ताजा
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवार
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न
२०८३ जेष्ठ १९ गते, मंगलवार
माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !
२०८३ जेष्ठ १९ गते, मंगलवार
‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा
२०८३ जेष्ठ १९ गते, मंगलवार
चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल
२०८३ जेष्ठ १९ गते, मंगलवार
विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’
२०८३ जेष्ठ १९ गते, मंगलवार
अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ
२०८३ जेष्ठ १९ गते, मंगलवार
नारायणहिटी हत्याकाण्डको २५ वर्ष
२०८३ जेष्ठ १९ गते, मंगलवार
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का
२०८३ जेष्ठ १७ गते, आईतवार
काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन
२०८३ जेष्ठ १७ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





