संसद् अवरुद्ध गर्ने रास्वपाको चेतावनी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मिटरब्याजसम्बन्धी विधेयक तत्काल सदनमा नल्याए संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सभापति लामिछानेले मिटरब्याजबाट पीडित नागरिकको पक्षमा आफूरहेको भन्दै मिटरब्याजसम्बन्धी विधेयक तत्काल सदनमा नल्याए संसद् अवरुद्ध गर्ने चेतावनी दिए ।
शून्यमा गएको उक्त विधेयकलाई ब्यूँताएर आगामी बैठकमा कार्यसूचीमा नराखे रास्वपा सदन चल्न नदिने पक्षमा उभिने उनले बताए । उनले मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयकलाई फास्ट ट्रयाकमा पारित गर्नका लागि रास्वपा तयार रहेको पनि बताए ।
लामिछानेले सत्तापक्षका केही दलहरूका कारण मिटरब्याजसम्बन्धी कानुनलाई रोक्न खोजिएको चर्चा चलिएको भन्दै यसको पक्षमा र विपक्षमा को छन् भन्ने बुझ्नुपर्ने जिकिर गरे । सरकारले ल्याएको मिटरब्याजसम्बन्धी अध्यादेश अन्तिम समयमा सदनमा पेस गरिएको थियो । तर, सदन अवरुद्ध हुँदा उक्त अध्यादेश निष्क्रिय भएको थियो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





