काठमाडौंका कुन कुन सडकलाई बनाइँदैछ एकतर्फी ?
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका केही सडकलाई एकतर्फी सञ्चालन गर्ने भएको छ । सवारीसाधनको आवागमन धेरै हुने तथा दुवैतर्फबाट सवारीसाधन आवतजावत हुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले केही सडकलाई एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।
महानगरको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले काठमाडौँ महानगरपालिकाभित्रको ट्राफिक व्यवस्थापनलाई थप चुस्तदुरुस्त बनाउने कार्ययोजना अन्तर्गत दरबारमार्गको महेन्द्र सालिक क्षेत्र, कृष्ण पाउरोटी क्षेत्र, घण्टाघर क्षेत्र, कमलादी क्षेत्र, जमल क्षेत्र, केशरमहल क्षेत्र, मैतीदेवी क्षेत्रको सडकलाई एकतर्फी सञ्चालन गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार साउनदेखि ती क्षेत्रका सडकलाई एकतर्फी मात्र सञ्चालन गरिने छ । त्यसै गरी महानगरभित्रका शैक्षिक संस्थाअगाडि अनिवार्य रूपमा जेब्रा क्रसिङ, ट्राफिक लाइटलगायतका सडक सुरक्षासँग सम्बन्धित चिह्नको निर्माण तथा व्यवस्थापनको क्षेत्रमा समेत योजनाबद्ध रूपमा काम भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार महानगरपालिकाभित्र सञ्चालन हुने बसलगायत यातायातका साधन रोकिने ठाउँ निर्धारण तथा ट्याक्सी स्ट्यान्ड निर्माणका लागि अन्तिम चरणको अध्ययन भइरहेको छ । उनले ट्राफिक प्रहरीको समन्वयमा सडक सुधार तथा ट्राफिक व्यवस्थापनका यी काम गर्न लागिएको उल्लेख गरे।
(गोरखापत्र दैनिकबाट साभार)
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





