काठमाडौंका कुन कुन सडकलाई बनाइँदैछ एकतर्फी ?

२०८० असार २९ गते, शुक्रबार

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका केही सडकलाई एकतर्फी सञ्चालन गर्ने भएको छ । सवारीसाधनको आवागमन धेरै हुने तथा दुवैतर्फबाट सवारीसाधन आवतजावत हुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले केही सडकलाई एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।

महानगरको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले काठमाडौँ महानगरपालिकाभित्रको ट्राफिक व्यवस्थापनलाई थप चुस्तदुरुस्त बनाउने कार्ययोजना अन्तर्गत दरबारमार्गको महेन्द्र सालिक क्षेत्र, कृष्ण पाउरोटी क्षेत्र, घण्टाघर क्षेत्र, कमलादी क्षेत्र, जमल क्षेत्र, केशरमहल क्षेत्र, मैतीदेवी क्षेत्रको सडकलाई एकतर्फी सञ्चालन गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार साउनदेखि ती क्षेत्रका सडकलाई एकतर्फी मात्र सञ्चालन गरिने छ । त्यसै गरी महानगरभित्रका शैक्षिक संस्थाअगाडि अनिवार्य रूपमा जेब्रा क्रसिङ, ट्राफिक लाइटलगायतका सडक सुरक्षासँग सम्बन्धित चिह्नको निर्माण तथा व्यवस्थापनको क्षेत्रमा समेत योजनाबद्ध रूपमा काम भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार महानगरपालिकाभित्र सञ्चालन हुने बसलगायत यातायातका साधन रोकिने ठाउँ निर्धारण तथा ट्याक्सी स्ट्यान्ड निर्माणका लागि अन्तिम चरणको अध्ययन भइरहेको छ । उनले ट्राफिक प्रहरीको समन्वयमा सडक सुधार तथा ट्राफिक व्यवस्थापनका यी काम गर्न लागिएको उल्लेख गरे।
(गोरखापत्र दैनिकबाट साभार)

130 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal