भारी वर्षाले भारतमा जनजीवन अस्तव्यस्त, स्कुलहरु बन्द
काठमाडौं । भारतमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । दुई दिनदेखिको वर्षाले दिल्ली, उत्तरप्रदेश लगायतका राज्यको जनजीवन प्रभावित भएको छ ।
गाजियावाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगर लगायतका जिल्लामा १० जुलाई (आज)देखि १५ जुलाई (३० गते) सम्म सबै विद्यालय बन्द गरिएको छ । नोयडामा पनि आज सबै स्कुल बन्द छन् । बन्द अवधिभर अनलाइनमार्फत् पढाइ हुने सूचना स्कुलहरुले जारी गरेका छन् ।
पहाडदेखि मैदानी इलाकासम्म वर्षाले जनजीवन कष्टप्रद भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । कतिपय स्थानमा सडक र पुल बगेका छन् । खेतियोग्य जमिन र घरहरु जलमग्न भएका छन् । कार र दुई पाङ्ग्रे सवारी साधनहरु पानीमा डुबेको देखिन्छ । मानिसहरु घरबाट बाहिर निस्किन सकेका छैनन् ।
राजधानी नयाँदिल्लीमा पछिल्लो १२ घण्टामा १२६ मिलिमिटरसम्म वर्षा भएको रेकर्ड रहेको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यद्यपि मौसम विभागले भने दिल्लीमा २४ घण्टामा १५० मिलिमिटर वर्षा भएको जनाएको छ ।
उत्तर प्रदेशका अधिकांश जिल्लामा भारी वर्षाले चेतावनीको तह पार गरेको छ । आज सोमबार पनि भारी वर्षाको पूर्वानुमान छ । यमुना नदीको बाढी खतराको तहसम्म पुगेपछि नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरिएको छ ।
अत्यधिक बाढीका कारण हरियाणाको हथिनी कुण्ड ब्यारेजका ढोका खोलेर प्रतिसेकेण्ड एक लाख क्युसेक पानी छाडिएको छ । यससँगै तटीय क्षेत्रका बासिन्दालाई बाढीको चेतावनी जारी गरिएको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





