भारी वर्षाले भारतमा जनजीवन अस्तव्यस्त, स्कुलहरु बन्द

२०८० असार २५ गते, सोमबार

काठमाडौं । भारतमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । दुई दिनदेखिको वर्षाले दिल्ली, उत्तरप्रदेश लगायतका राज्यको जनजीवन प्रभावित भएको छ ।

गाजियावाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगर लगायतका जिल्लामा १० जुलाई (आज)देखि १५ जुलाई (३० गते) सम्म सबै विद्यालय बन्द गरिएको छ । नोयडामा पनि आज सबै स्कुल बन्द छन् । बन्द अवधिभर अनलाइनमार्फत् पढाइ हुने सूचना स्कुलहरुले जारी गरेका छन् ।

पहाडदेखि मैदानी इलाकासम्म वर्षाले जनजीवन कष्टप्रद भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । कतिपय स्थानमा सडक र पुल बगेका छन् । खेतियोग्य जमिन र घरहरु जलमग्न भएका छन् । कार र दुई पाङ्ग्रे सवारी साधनहरु पानीमा डुबेको देखिन्छ । मानिसहरु घरबाट बाहिर निस्किन सकेका छैनन् ।

राजधानी नयाँदिल्लीमा पछिल्लो १२ घण्टामा १२६ मिलिमिटरसम्म वर्षा भएको रेकर्ड रहेको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यद्यपि मौसम विभागले भने दिल्लीमा २४ घण्टामा १५० मिलिमिटर वर्षा भएको जनाएको छ ।

उत्तर प्रदेशका अधिकांश जिल्लामा भारी वर्षाले चेतावनीको तह पार गरेको छ । आज सोमबार पनि भारी वर्षाको पूर्वानुमान छ । यमुना नदीको बाढी खतराको तहसम्म पुगेपछि नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरिएको छ ।

अत्यधिक बाढीका कारण हरियाणाको हथिनी कुण्ड ब्यारेजका ढोका खोलेर प्रतिसेकेण्ड एक लाख क्युसेक पानी छाडिएको छ । यससँगै तटीय क्षेत्रका बासिन्दालाई बाढीको चेतावनी जारी गरिएको छ ।

143 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal