‘सेवा घर’ मा पत्रकार बजगाईले मनाए जन्मदिन

२०८० असार १९ गते, मंगलवार

बनेपा । पत्रकार नवराज बजगाईंल काभ्रेको धुलिखेल–१२ मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर सोमबार आफ्नो जन्मदिन मनाएका छन् ।

पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहेका बजगाईले सोमबार आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर)को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न र लत्ता कपडाहरू सहयोग गरेका हुन् । उनले गत वर्षका जन्मदिन र अवसरहरूमा पनि सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरूमा सहयोग गर्दै आएका छन् ।

उनले सेवा घरका अभियान्ता अभियान्ता सुरेश हुमागाईलाई चामल, आटा, दाल, तेल, नुन, जिरा मसला, चिनी, चियापती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, मञ्जन, बस, फिनेल, सरफ, फलफूल, बिस्कुटसहित खाद्यान्न र लत्ता कपडा हस्तान्तरण गरे । सामग्री बुझ्दै अभियान्ता सुरेश हुमागाईले यस्ता सहयोगी कै कारण सेवा घर असाहयको साहारा बन्न सकेको बताए ।
कार्यक्रममा धुलिखेल–१२, का वडा अध्यक्ष मोहन प्रसाद लामिछानेले यस्तै सहयोगी भावनाका मान्छेहरुको साथले सेवा केन्द्र चलिरहेको भन्दै नगरपालिका र वडाले पनि सेवा केन्द्रलाई साथ दिएर जग्गा र तयारी भवन उपलब्ध गराएको बताए ।

सेवा घरकी अभियान्ता जुनिता नगरकोटी श्रेष्ठले मानव कल्याण समाजले आफ्ना सात वटा सेवा केन्द्र मार्फत असाहयहरुको सेवा गरि रहेको र सबै सेवा केन्द्रमा गरी अहिले करिव ३ सय जना सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य भएका असाहयहरु मानव कल्याण समाजको सेवा केन्द्रमा रहेको बताइन् ।

128 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal