अमेरिकाको पेन्सिलभेनियामा गोली चल्दा ४ जनाको मृत्यु

२०८० असार १९ गते, मंगलवार

काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ ।

आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए । आठ जनालाई गोली लागेको थियो । तीमध्ये चार जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जना बालबालिका छन् ।

गोली चलाउनेको व्यक्तिको पहिचान भएको छैन र उनले गोली किन चलाए भन्ने पनि खुलेको छैन । सोमबार राति साढे ८ बजेतिर फ्रेजियर स्ट्रिटको १८०० ब्लकमा गोली चलेको आवाज सुनेपछि प्रहरी घटनास्थल पुगेको थियो । त्यहाँ एक व्यक्तिले गोली चलाइरहेको र मानिसहरु भुइँमा लडेको दृष्य थियो । प्रहरीले तत्कालै स्थानीयवासीलाई घर बाहिर ननिस्किन आग्रह गर्दै हतियारधारी व्यक्तिलाई केही समयपछि नियन्त्रणमा लियो । घटनाको अनुसन्धानका लागि त्यहाँको सडकखण्ड प्रहरीले बन्द गराएको छ । (एजेन्सी)

145 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal