अमेरिकाको पेन्सिलभेनियामा गोली चल्दा ४ जनाको मृत्यु

२०८० असार १९ गते, मंगलवार

काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ ।

आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए । आठ जनालाई गोली लागेको थियो । तीमध्ये चार जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जना बालबालिका छन् ।

गोली चलाउनेको व्यक्तिको पहिचान भएको छैन र उनले गोली किन चलाए भन्ने पनि खुलेको छैन । सोमबार राति साढे ८ बजेतिर फ्रेजियर स्ट्रिटको १८०० ब्लकमा गोली चलेको आवाज सुनेपछि प्रहरी घटनास्थल पुगेको थियो । त्यहाँ एक व्यक्तिले गोली चलाइरहेको र मानिसहरु भुइँमा लडेको दृष्य थियो । प्रहरीले तत्कालै स्थानीयवासीलाई घर बाहिर ननिस्किन आग्रह गर्दै हतियारधारी व्यक्तिलाई केही समयपछि नियन्त्रणमा लियो । घटनाको अनुसन्धानका लागि त्यहाँको सडकखण्ड प्रहरीले बन्द गराएको छ । (एजेन्सी)

120 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ 

२०८३ असार २७ गते, शनिबार

रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन

२०८३ असार २७ गते, शनिबार

काठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाहको प्रयास

२०८३ असार २७ गते, शनिबार

कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बाढी बस्दा सुकुम्बासीको उठीवास

२०८३ असार २७ गते, शनिबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal