धेरै पिरो खाएर खोक्दा ४ वटा करङ नै भाचियो

२०८० असार १८ गते, सोमबार

काठमाडौं । चीनको सांघाइमा बस्ने एक महिलाले पिरो र मसालेदार खाना खाँदा करङका चारवटा हड्डी नै भाँचिएको छ । छाति दुखेर केही दिनपछि डाक्टरकोमा चेकजाँच गराउन जाँदा मात्रै उनले आफ्नो करङ भाँचिएको थाहा पाइन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार उनको नाम हुआंग हो । हालै एकदिन पिरो खानेकुरा खाने क्रममा उनलाई खोकी सुरु भयो । निकैबेर सम्म जोडसँग खोक्दा उनको छातिमा दबाब पर्‍यो र उनले आफ्नो छातिबाट तीव्र कर्कश आवाज सुनिन् । केही दिनपछि त उनलाई स्वास फेर्न र बोल्न नै अप्ठेरो हुन लाग्यो ।

छातीको दुखाई तीव्र बनेसँगै उनी चेकजाँचका लागि अस्पताल पुगिन्। त्यहाँ सिटी स्क्यान गर्दा उनको छातीका चार वटा करङ भाँचिएको डाक्टरहरुले पत्ता लगाए । डाक्टरहरूले एक महिनासम्म उनको कम्मर र छातीमा पट्टी बाँध्न लगाएका छन् ।

हाल स्वास्थ्यलाभ गरिरहेकी हुआंगले चोट निको भएसँगै आफ्नो मांशपेशी तथा वजन बढाउनका लागि व्यायाम गर्ने बताएकी छिन् । एजेन्सी

130 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal