कोशी सरकार ढल्यो, कार्कीले लिन सकेनन् विश्वासको मत

२०८० असार १५ गते, शुक्रबार

काठमाडौं । नेकपा एमाले नेतृत्वको कोशी प्रदेशको सरकार विश्वास मत लिन असफल भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव राखेका थिए।

विश्वास गुमाएसँगै कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ । विश्वासको मतको प्रस्तावमा शुक्रबार भएको मतदानमा पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । ९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । बहुमत पूरा गर्न नभएसँगै १७४ दिनपछि मुख्यमन्त्री कार्की आफ्नो पदबाट बाहिरिएका छन् ।

कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले भोट हालेका थिए भने विपक्षमा गठबन्धन दलमा रहेका कांग्रेसका २९, माओवादीका १२ र नेकपा एसका ४ प्रदेशसभा सदस्यले मत हालेका थिए। यस्तै गठबन्धनकी जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन् ।

163 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal