बझाङमा मन्त्री सवार गाडी दुर्घटनाः मन्त्रीसहित चार जनाको अवस्था गम्भीर

२०८० असार ५ गते, मंगलवार

बझाङ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सवार गाडी दुर्घटनामा हुँदा पाँच जना घाइते भएका छन् ।दुर्घटनामा मन्त्री पृथ्वीबहादुर सिंहसहित पाँच जना घाइते भएका छन् ।

बझाङको केदारस्युँ गाउँपालिकाको झरछडा भन्ने ठाउँमा मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइतेमध्ये मन्त्रीसहित चार जनाको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी भरत बहादुर बोहोराले जानकारी दिए ।

उनकाअनुसार गाडी चालक धर्मराज जोशीको अवस्था भने सामान्य छ । गाडीमा मन्त्री सिंहसहित उनकी श्रीमती अमृता, उनकी भाउजू, पीएसओ दिपक भण्डारी सवार थिए । उनीहरू सबैको अवस्था गम्भीर छ ।

उनीहरूको हाल स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार भइरहेको उनले बताए । उनका अनुसार सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर उद्दारका लागि जाँदै छ । हेलिकप्टर आएपछि थप उपचारका लागि अन्यत्र लैजाने तयारी छ ।

178 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal