बझाङमा मन्त्री सवार गाडी दुर्घटनाः मन्त्रीसहित चार जनाको अवस्था गम्भीर

२०८० असार ५ गते, मंगलवार

बझाङ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सवार गाडी दुर्घटनामा हुँदा पाँच जना घाइते भएका छन् ।दुर्घटनामा मन्त्री पृथ्वीबहादुर सिंहसहित पाँच जना घाइते भएका छन् ।

बझाङको केदारस्युँ गाउँपालिकाको झरछडा भन्ने ठाउँमा मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइतेमध्ये मन्त्रीसहित चार जनाको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी भरत बहादुर बोहोराले जानकारी दिए ।

उनकाअनुसार गाडी चालक धर्मराज जोशीको अवस्था भने सामान्य छ । गाडीमा मन्त्री सिंहसहित उनकी श्रीमती अमृता, उनकी भाउजू, पीएसओ दिपक भण्डारी सवार थिए । उनीहरू सबैको अवस्था गम्भीर छ ।

उनीहरूको हाल स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार भइरहेको उनले बताए । उनका अनुसार सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर उद्दारका लागि जाँदै छ । हेलिकप्टर आएपछि थप उपचारका लागि अन्यत्र लैजाने तयारी छ ।

165 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १० गते, बुधबार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal