दोस्रो खेलमा पनि विकेटविहीन बने सन्दीप

२०८० असार ५ गते, मंगलवार

काठमाडौं। जिम्बाबेमा जारी एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा नेपालका सन्दीप लामिछाने लगातार दोस्रो खेलमा विकेटविहीन भएका छन्।

मंगलबार अमेरिकाविरुद्ध भइरहेको खेलमा पनि सन्दीपले विकेट लिन सकेनन्। उनले १० ओभरमा ५८ रन दिए भने विकेट लिन सकेनन्। विपक्षी ब्याट्सम्यानले सन्दीपविरुद्ध एक छक्का र ६ चौका प्रहार गरेका थिए। सन्दीपले २८ बलमा रन दिएनन्। यसअघि पहिलो खेलमा जिम्बाबेविरुद्ध पनि सन्दीपले विकेट हात पार्न सकेका थिएनन्।

जिम्बाबेले २ सय ९१ रनको लक्ष्य ३५ बल बाँकी छँदै २ विकेट गुमाएर पूरा गरेको खेलमा सन्दीपले ७७ रन खर्चिएका थिए। त्यस खेलमा सन्दीपविरुद्ध घरेलु ब्याट्सम्यानले एक छक्का र ९ चौका प्रहार गरेका थिए। सन्दीपले त्यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका पछिल्ला लगातार ३३ खेलमा विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए।

करिब दुई महिनाअघि मात्र सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा कम खेलमा सय विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाएका थिए। उनको नाममा ४२ खेलमा एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान बनेको थियो।

165 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १० गते, बुधबार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal