करिब ३० हजार किलो गोलभेँडा कालिमाटीको सडकमा फ्याँकियो

२०८० असार ३ गते, आईतवार

काठमाडौँ । कालिमाटी तरकारी बजारमा किसानहरुले गोलभेँडा सडकमा फ्याँकेर विरोध जनाएका छन् । आइतवार गोलभेँडा किसानहरुले बजारमा खपत नभएको तथा बजार मूल्य नपाएको भन्दै सडकमा गोलभेंडा फ्याकेका हुन् । उनीहरुले कालिमाटी तरकारी बजार क्षेत्रको गेट तथा बजारको क्षेत्रमा गोलभेँडा फ्याकेर विरोध गरेका छन् । नेपालमा उत्पादित गोलभेँडाको खपत कम भएको र मूल्य पनि नपाइएको भन्दै आइतवार किसानहरुले टमाटर फ्याँकेका छन् ।

गोलभेँडा उत्पादक कृषक बरुणबहादुर रोक्काले नेपाली किसानहरुले उत्पादन गरेको गोलभेँडाले बजार मूल्य र प्राथमिकतामा नपरेकाले सडकमा फ्याक्न बाध्य भएको बताए । उनले सरकारले किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुहरुको मूल्य तोकेर सहुलियतमा उपभोक्ताले पाउनुपर्ने बताए । उनले अहिले नेपाली किसानहरुले उत्पादन गरेको वस्तुले बजार मूल्य र प्राथमिकता नपाउने तर विदेशीबाट आयात भएर आएको बस्तुले बजार लिने गरेको भन्दै गुनासो गरे । उनले कालिमाटी बजारमा व्यवसायीहरुले किसानसँग ८ रुपैयाँ किलोमा किन्ने र बजारमा उपभोक्तालाई ४० रुपैयाँमा बेच्न नहुने बताए ।

171 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal