नक्कली शरणार्थी प्रकरणः टोपबहादुर, बालकृष्णसहित १६ जना जेल चलान

२०८० असार १ गते, शुक्रबार

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसहितका १६ जना जेल चलान भएका छन् ।

ठगी, संगठित अपराध, राष्ट्रहितविरुद्धको कसूर तथा लिखत कीर्तेसम्बन्धी मुद्दाको थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले शुक्रवार यस्तो आदेश दिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै चलेको ठगी धन्दामा संलग्न भएको आरोपमा पक्राउ परेका १८ र फरार रहेका १२ गरी ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । पक्राउ परेका १८ जनाको हकमा थुनछेक आदेश भएको हो ।

जिल्ला न्यायाधीश न्यौपानेको इजलासमा झण्डै २ साता ९जेठ २१० देखि निरन्तर चलेको बहस शुक्रवार सकिएपछि थुनछेक आदेश आएको हो ।

पुर्पक्षका लागि थुनामा जानेमा पूर्वमन्त्रीद्वय रायमाझी र खाँणका अलावा पूर्वसांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे छन् ।

यसैगरी गिरोहका योजनाकार तथा सदस्यहरू सानु भण्डारी, रामशरण केसी, गोविन्द चौधरी,इन्द्रजित राई, नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, हरिभक्त महर्जन, केशव दुलाल, सागर राई पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

173 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १० गते, बुधबार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal