नेपाली कांग्रेसले नयाँ नेतृत्व खोजी रहेकोे छः गगन थापा

२०८० जेष्ठ ३० गते, मंगलवार

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व हस्तान्तरण गर्नु बताएका छन् । मंगलवार विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले पुस्तान्तरणका लागि सभापतिले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका हुन् ।

यही गठबन्धनमा कांग्रेस नेतृत्वमा सरकारसमेत बन्ने पक्का भएकाले सभापतिले अब प्रधानमन्त्रीमा समेत दाबी गर्नु नहुने उनले बताए । महामन्त्री थापाले प्रधानमन्त्रीमा सभापतिवाहेक अन्य जो सुकै भए पनि हुने बताएका छन । ‘उहाँ पाँचपाँच पटक प्रधानमन्त्री भइसक्नु भएको छ,’ थापाले भने ‘अब प्रधानमन्त्रीमा फेरि आस गर्नुहुँदैन । अरू जो सुकै बने पनि हुन्छ ।’

नेपाली जनताले कांग्रेसबाट नयाँ प्रधानमन्त्रीको खोजी गरेको समेत उनले बताए । सभापतिले नयाँ व्यक्तिलाई प्रधानमन्त्री र सभापति दुवै पद छोड्न मार्ग प्रशस्त गर्नुपर्ने उनले बताए।

कांग्रेस नेतृत्वको सरकार बन्नुभन्दा अगाडि नै देउवाले मार्ग प्रशस्त गर्नु पर्ने उनको भनाइ छ । सभापतिले आफ्नो र पार्टी हितका लागि दुवै पद छोड्नु पर्ने उनले बताए । ‘मैले कुनै रिसिबी लिएर भनिरहेको छैन । पार्टी हितका लागि हो । नेपाली कांग्रेसले नयाँ नेतृत्व खोजी रहेको छ । यी कुरा लागु गर्न म लागि रहेको छु । अझै लाग्छु । परिवर्तन गर्न लागि रहेको छु । जोखिम उठाउने हो । फलका विषयमा चिन्ता गर्ने होइन । आज मेरो काम भनेको नेतृत्व र सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने हो ’ उनले भने ।

160 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal