पानी झरेपछि हर्षले रोए हर्क

२०८० जेष्ठ ३० गते, मंगलवार

धरान । सुनसरीको धरान उपमहानगरपालिकाको २० नम्बरको पकुवामा सोमबार मध्यराति १२ बजेर ३ मिनेटमा कोकाहा खोलाको पानी झरेको । धरानका मेयर हर्क साम्पाङ राईले सुरु गरेको श्रमदान अभियानकोे ९८औं दिन पुग्दा करिब ४१ किलोमिटर पाइप तानेर कोकाहमा पानी ल्याइएको हो ।

पानी आएपछि भावुक हुँदै आँसु झारेका मेयर साम्पाङ केहि बेर बोल्नै सकेनन् । पानी कुरेर बसेका मेयर साम्पाङ हातमा हथौडा बोकेर पाइपबाट झरेको पानी छेउमा उभिएर एक छिन रोए, अनि पानी हातले फिजाउँदै सबैतिर छर्के, आफ्नो शरिर भिजाए । त्यो देखेर पानी कुरेका धरानबासी पनि सँगै रोए, हल्ला गरे, नारा लगाए ।

‘दुई दिन देखि कोकाहको पानी नझारी घर नै नजाने भनेर मेयर साब २० नम्बर वडाको पकुवा नजिक खोला मै थिए, पानी झेरपछि मेयरले आँसु थाम्न सकेनन्, त्यो देखेर हामी सबै रायौं,’ मध्यरातमा पानी झरेको ठाउँमा पुगेका रसिक थेबे भन्छन् ।

साम्पाङ सँगै खानेपानी ल्याउने अभियानमा रहेर अहिले सचिवालय सदस्य रहेका थेबेका अनुसार विष्णुपादुकाको शीरबाट पहाड र भीरको बाटो पाइप उचाल्दै ९८ दिनमा पकुवामा खानेपानी झारिएको हो ।

‘कोकाहको पानी पकुवामा साढे ५ मिटरको पाइपभरी ल्याइएको छ, अब ३ वटा ट्यांकीमा जम्मा गरेर वितरण गर्छौं ।’

हर्क साम्पाङ राईले सुरु गरेको श्रम अभियानबाट कोकाहा भन्दा अगाडि पकुवा, सर्दु–खुर्द, निशाने खोला, तामाखान, भालु खोलाको मुहानमा ट्यांकी बनाएर पाइप जोडिएको छ ।

148 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal