अत्याधिक गर्मी बढेसँगै बर्दियामा चार पालिकाले गरे विद्यालय बन्द

२०८० जेष्ठ २८ गते, आईतवार

गुलरिया । बर्दियामा अत्याधिक गर्मी बढेसँगै यहाँका विभिन्न पालिकाहरूले वर्षे बिदाबाट कट्टी हुने गरी विद्यालय बन्द गरेका छन् । गर्मी बढेपछि विद्यार्थीहरूको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको पालिकाहरूले जनाएको छ ।

बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउँ पालिकाले विद्यालय बन्द गरेका हुन् । ती पालिकाका शिक्षा शाखाले अत्यधिक गर्मीका कारण बालबालिकाहरू बिरामी पर्न नदिन र गर्मीबाट जोगाउन विद्यालय बन्द गर्नु परेको जनाएका छन् ।

जेठ २८ देखि असार १ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको बाँसगढी नगरपालिका शिक्षा शाखाका अधिकृत छत्रबहादुर शाहीले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लाको अधिकतम तापक्रम ४१ डिग्री र त्यो भन्दा माथि मापन हुन थालेको छ । जसका कारण दिउँसोमा लु तातो हावा चल्ने गरेको छ ।
गर्मी बढ्दै गएमा गुलरिया नगरपालिकामा असार २गतेदेखि विद्यालयहरुलाई गर्मी बिदा दिने सोच रहेको प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले बताउनु भयो।

167 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal