भ्रष्टाचारविरुद्ध कठोर बन्दै युवा सांसद

२०८० जेष्ठ ११ गते, बिहीबार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १६ जना माथिको अनुसन्धान टुंग्याएर प्रहरीले ३२ जना विरुद्धको अनुसन्धान फाइल सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएका छ । अनुसन्धानका क्रममा अभियुक्तहरुको बयान सहित बुझाइएको उक्त प्रतिवेदनलाई हेर्दा यो प्रकरण त्यतिकै सेलाउने सम्भावना बढेर गएको छ ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालगायतलाई पक्राउ नगरी अनुसन्धान टुंग्याइए पछि यो प्रकरणमा सत्ताको छायाँ परेको आशंका धेरैले गरेका छन् । पक्राउ परेका अभियुक्तहरुले पूर्वगृहमन्त्री बालकृष्ण खाण लगायतलाई उन्मुक्ति दिने हिसाबले कमजोर बयान दिएपछि अनुसन्धान निष्पक्ष नभएको टिप्पणीसमेत कतिपयले गर्न थालेका छन् ।
प्रहरी अनुसन्धान टुंग्याएर प्रतिवेदन बुझाए पछि यस प्रकरणमा जोडिएका नयाँ नामहरु समेत सार्वजनिक भईरहेका छन् । अभियुक्तमाथि अनुसन्धान गर्ने नेपाल प्रहरीका प्रमुख नै सो प्रकरणमा जोडिएको सार्वजनिक भएपछि अनुसन्धानमाथि नै प्रश्नचिन्ह खडा हुन पुगेको छ । त्यतिबेला डीआईजी रहेका कुँवर अभियुक्तहरुसँग जोडिएको तथ्य अनुसन्धानको क्रममा दिइएका बयानले नै पुष्टि गरेको छ  । यद्यपि आरोपितहरुले बयानका क्रममा यो घटनामा मुछिएका आरजु राणा देउवा, तत्कालीन गृहसचिव प्रेमकुमार राई, कुँवरलगायतलाई उन्मुक्ति दिने हिसाबले बयान दिएका छन् । सरकारको निर्देशनमा प्रहरीले आरोपितहरुलाई बयान फेर्न लगाएको आरोपलाई यो तथ्यले प्रमाणित गरेको छ । तर, यो प्रकरणलाई सरकारले त्यतिकै टुंग्याउन खोजेको भन्दै सांसदहरुले प्रतिनिधिसभामा चर्को खबरदारी गरिरहेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका सांसद गगन थापा, एमालेका गोकर्ण विष्ट, रास्वपाका सांसद रवि लामिछानेलगायतले यो प्रकरणमा मुछिएका सबै व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले त भ्रष्टाचारीर्ला कारवाही नगरे संसद चल्न नदिने चेतावनी नै दिएका छन् । बैठकको शुन्य समयमा बोल्दै उनले अर्बौको भ्रष्टाचारको फाइलमा धुलो लागिसकेको बताउँदै अब पनि कारवाही नगरिए सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी नै दिए ।
उता, काँग्रेस महामन्त्री समेत रहेका सांसद थापाले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सरकारको परीक्षा चलिरहेको र अब न्यायलयको परीक्षा शुरु हुने बताएका थिए । सरकारको नीति तथा कार्यक्रममाथि भैरहेको छलफलमा भाग लिँदै थापाले अनुसन्धान कसरी भईरहेको छ भनेर आम जनताले हेरिरहेको भन्दै उनले यो प्रकरणमा संलग्न कोही पनि छुट्न नहुने बताए । यो प्रकरणमा जोडिएर अहिले जसरी नाम आइरहेका छन् यसले लाज पनि लजाएको भन्दै उनले भने– ‘जसको नाम आएको छ, त्यसको निष्पक्ष छानविन हुनुपर्छ ।’ भूटानी शरणार्थी प्रकरणमा जोडिएको नेता होस् या नाता कोही पनि छुट्न नहुने उनको भनाई थियो ।
रास्वापका सभापति समेत रहेका सासद लामिछानेले नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर ठगी प्रकरणमा मुटु नकमाई अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ठगमगाएको आरोप लगाए । प्रधानमन्त्रीले मुटु कमाउँदिन भन्नु भएको थियो तर, चेक गर्नुपर्ने अवस्था आएको छ’ लामिछानेले भने । भूटानी शरणार्थी प्रकरणमा नाम आएका विभिन्न व्यक्तिलाई बयान समेत नदिएको प्रति लामिछानेको भनाई थियो । एकपटक बयानका लागि पनि नबोलाउने भनेको अविश्वासको वातावरण सिर्जना गर्नु हो लामिछाने भने– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्नु होला, तीन पार्टी बसेर तपाईहरुले खासखुस गर्नुभयो त्यसको गन्ध संसदसम्म ठासठुस आयो त्यसको गन्ध देशभरी गयो ।’
जिल्ला प्रहरी परिसर काठमाडौंले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकार बहालवाला सचिव टेकनारायण पाण्डेसहित ३२ जनालाई प्रतिवादी बनाउँदै सोमबार अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ । प्रहरीले ५७ दिन अनुसन्धानपछि राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो। पक्राउ परेका १६ जना र अन्य १४ प्रतिवादी बनाएर फाइल बुझाइएको छ।
चैत ११ गते प्रहरीले यस प्रकरणमा तीन जनालाई पक्राउ गरेको थियो। बैशाख ४ गतेसम्म प्रहरीले धरपकड भने जारी नै राखेको थियो। प्रहरीले संगठित अपराध, ठगी, राज्य विरुद्धको अपराध कसुरमा कारबाही गर्ने सुझाव दिएको छ। तर, सरकारी वकिल कार्यालयले सरकार कागजत किर्ते र एकीकृत कसुर वापत डेढी सजायको माग समेत राखेर मुद्दामा लगेको छ। ३० जना विरुद्धै २८ करोड ८१ लाख बिगो माग दाबी सहित मुद्दा दर्ता भएको हो।
२०७९ चैत १२ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशवप्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङलाई पक्राउ गरेको थियो। चैत १५ गते मोरङ पथरी घर भएका ४४ वर्षीय सागर राई पक्राउ परेका थिए। दाङ घर भएका ३३ वर्षीय सन्देश शर्मा चैत २९ गते पक्राउ परेका थिए। २० दिनपछि प्रहरीले थप एक जनालाई पक्राउ गरेको थियो।
त्यसपछि यो प्रकरण एकाएक सतहमा आयो। बैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परे। त्यसको भोलिपल्ट बैशाख २० गते सरकारका सचिव टेकबहादुर पाण्डे पनि समातिए। उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव पक्राउ परेपछि ठूलै तरङ्ग ल्यायो। त्यही दिन एमाले सचिव एवम् पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी र उनको छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
बैशाख २० गते साँझ बुटवलबाट टोपबहादुरका छोरा समातिए। छोरा समातिएको खबर पाएका रायमाझी भने फरार रहे। बैशाख २६ गते काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पनि समातिए। उनीहरु बिचौलियाका रुपमा काम गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

160 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १० गते, बुधबार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal