पुरानो सदरमुकाम उदयपुरगढीको इतिहासलाई पुनर्जीवन दिँदै गाउँपालिका
दिनेश राई
उदयपुर असोज ३ गते
उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीस्थित पुरानो गढीको इतिहासलाई पुनर्जीवन दिने कार्य थालिएको छ । जिल्लाको पुरानो सदरमुकाम उदयपुरगढी तत्कालीन उदयपुरकै चौदण्डीगढीको सहायक राज्यको रुपमा रहेका बेला पृथ्वीनारायण शाहले राज्य एकीकरणको क्रममा कब्जा गरेपछि युद्धपोत स्थापना गरेको इतिहास स्मरण गर्दै पुनर्जीवन दिन लागिएको हो
।
नेपाल सरकारले देशभरका १ सय पर्यटकीय गन्तव्य तोकेकामध्ये उदयपुरगढी पनि एक हो । भ्रमण वर्षमा नेपालमा अधिकतम पर्यटक भित्र्याउने योजना अनुसार गाउँपालिकाले पुरानो गढीको पुनर्निर्माण कार्यक्रम अघि सारेको र जस अनुसार संघीय सरकारसँग साझेदारीमा पुनारो गढी पुनर्निर्माण अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीले बताए ।
सुबेदीका अनुसार गाउँपालिका ५ स्थित पुरानो गढीक्षेत्रको झण्डै अढाई सय वर्षअघिको भग्नावशेषलाई पुनर्जीवन दिने काम भईरहेको छ । त्यहाँको पुरानो गढी, तत्कालीन सेनाको बङ्कर, कोतखाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त भौतिक संरचनाको भग्नावशेषका संरचनाको पुनर्निर्माण हुनेछ । गाउँपालिका केन्द्र परिसरदेखि १ किलोमिटर उत्तर–पश्चिममा पर्ने सो क्षेत्रमा गत वर्ष प्राप्त संघीय बजेटमा गाउँपालिकाको साझेदारीमा पुनर्निर्माण सुरु गरिएको अधिकृत सुबेदीले बताए । स्थानीय बोधकुमार घिमिरेको अध्यक्षतामा गठित स्थानीय पर्यटन प्रबद्र्धन समितिमार्फत सञ्चालित योजनामा संघीय सरकार, पर्यटन मन्त्रालयबाट प्राप्त ५० लाख र गाउँपालिकाबाट बिनियोजित २३ लाख ५० हजार गरी ७३ लाख ५० हजार रुपैयाँमा पहिलो चरणको काम सम्पन्न भएको छ ।
उक्त बजेटबाट तत्कालीन गढीको जग, बङ्कर र गढीक्षेत्रमा कम्पाउण्ड घेराबेरा निर्माण भएको ‘गढी पुनर्निर्माण उपभोक्ता समिति’का अध्यक्ष घिमिरेले बताए । उनका अनुसार ऐतिहासिक तथ्य र प्रमाणका आधारको अध्यन गरी सकेसम्म पहिलेकैजस्तो बनाउने प्रयास समितिले गर्दैछ। गढीको इतिहास स्मरण गर्नेखालका संरचनाहरुको पुनर्निर्माण गर्न सके इतिहासलाई पुनर्जीवन दिन सकिने घिमिरेले बताए । गाउँपालिकालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउँदै पर्यटन प्रबद्र्धनमा जोड दिन ऐतिहासिक गढीको पुनर्संरचना भईरहेको उनको भनाई छ ।
उदयपुरगढी साविक पञ्चावती गाविसको मुकाम हो । ०७३ मा स्थानीयतह पुनर्संरचना भएसँगै जिल्लाको मध्येभागमा पर्ने पञ्चावति र आसपासका साविक गाविसहरु तावाश्री, बर्रे, डुम्रे र भलायडाँडालाई समायोजन गरी उदयपुरगढी गाउँपालिका नामाकण गर्दै गढीलाई गाँउपालिका केन्द्र बनाइएको हो । गाउँपालिका गठनपछि ऐतिहासिक गढीको इतिहासलाई पुनर्जीवन दिन जनप्रतिनिधि र अगुवा स्थानीयको पहलमा पुराना भग्नावशेष पहिल्याउँदै गढीको पहिचान स्थापित गर्न ऐतिहासिक संरचनाको पुनरुत्थान गर्न लागिएको हो ।
पुनर्निर्माणको क्रममा ५ सय मिटर व्यासको बाहिरी कम्पाउण्ड घेराबेरा निर्माण भईसकेको छ भने त्यसको सुरक्षा र आकर्षणका लागि १ सय ३० मिटर लम्बाईको ६ फिट अग्लो बाहिरी गारो लगाईसकिएको छ । त्यस्तै भित्रपटि १४ फिट उचाईको १ सय मिटर लामो लगाइएको छ भने दुई गारोबीचको दूरी १० फिट चौडाईको रहेको उपभोक्ता समितिका अध्यक्ष घिमिरेले बताएका छन् । कम्पाउण्डभित्र गढी, कोतखाना, इनार र बगैंचा बनाउने प्राविधिक इस्टीमेट योजनाको विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) मा उल्लेख छ ।
पृथ्वीनारायण शाहको राज्य एकीकरणकालमा भोजपुरको हतुवागढी, सुनसरी धरानको विजयपुरगढीलाई परास्त गर्दै उदयपुरको चौदण्डीगढी राज्यको सहायक राज्य रहेको उदयपुरगढी कब्जा गरेको इतिहास छ । राज्य कब्जा गरेपछि चौदण्डीगढीलाई मुख्य युद्धपोत र उदयपुरगढी सहायक युद्धपोत बनाएर पूर्वका ससाना किरात राज्यहरुमाथि धावा बोलेर विजय प्राप्त गर्दै थप राज्य विस्तार गरेको इतिहास पनि घिमिरेले सुनाए। उनका अनुसार तत्कालीन भुरे टाकुरे राजा उदयचन्द्र सेनले राज्य गरेको दरवार क्षेत्र नै हालको उदयपुरगढी हो ।
गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले उदयपुरगढी आफैमा पुरानो, ऐतिहासिक, पुरातात्विक र उ बेला सामरिक महत्वको भएकाले त्यसको पुनर्संरचना गर्न लागिएको बताए । जिल्लाको मध्यभाग, वरिपरि बेँसी र फाँट र बीचमा दम्स्याईलो डाँडो रहेको उदयपुरगढी समुद्री सतहदेखि १ हजार १ सय मिटर उचाईमा छ। चारैतिरको भूभाग हेर्न, हिमाली र तराईका दृष्य देख्न पाइने ठाउँ गर्मीयाममा चिसो र सितल हुने हुँदा उसै पनि पर्यटकहरु आकर्षित हुने अध्यक्ष मगरले बताए ।
२०२८ सालमा गाईघाटमा सदरमुकाम सार्नुअघिसम्म जिल्लाको प्रशासनिक राजनीतिक केन्द्र रहेको उदयपुरगढीमा पञ्चावती मन्दिर, सय वर्षअघिका पुराना बर–पिपलका चौतारी, बिभिन्न संरचना र पञ्चावती मावि सञ्चालित छ । सदरमुकाम सरेपछि दिनदिनै बसाई सर्ने क्रम बढेसँगै विरानो बन्दै गएको गढीक्षेत्रमा हाल सामान्य बस्तीबाहेक जंगल र वनस्पतिले ढाक्दै गएको छ । त्यहाँको मनमोहक र स्वच्छ वातावरणदले पर्यटकलाई त्यत्तिकै लोभ्याउने हुनाले पर्यटनकेन्द्र बन्ने प्रसस्त संभावना रहेको ठाउँलाई गाउँपालिका केन्द्र बनाएपछि झन् रौनकता थपेको अध्यक्ष मगर बताउँछन् ।
ताजा
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





