मन्त्री श्रेष्ठद्धारा हेटौंडामा एसईई परीक्षाको अनुगमन

२०७९ चैत्र १७ गते, शुक्रबार

हेटौडा । आजबाट शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री तथा सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले अनुगमन गर्नुभएको छ ।

हेटौंडाको आधुनिक राष्ट्रिय मावि र भूटनदेवी मावि परीक्षा केन्द्र पुगेर मन्त्री श्रेष्ठले विद्यार्थीहरूलाई परीक्षाको सफलता र उनीहरूको सुखद भविष्यको शुभकामना दिनुभएको मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठले परीक्षा अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित रहेकोमा खुसी व्यक्त गर्दै परीक्षा केन्द्राध्यक्षलगायत टीमलाई धन्यवाद दिनुभएको छ । साथै परीक्षालाई अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन बागमती प्रदेश सरकारले सम्बन्धित सबै निकायलाई आवश्यक निर्देशन दिएको पनि सचिवालयले जनाएको छ । त्यस्तै मन्त्री श्रेष्ठले विशेष अवस्थाका परीक्षार्थीलाई समेत हौसला प्रदान गर्नुभएको थियो । उहाँले स्वास्थ्यकर्मीहरुलाई शतर्क रहन पनि आग्रह गर्नुभयो ।

चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी भएका र त्यसमध्ये करिब २० प्रतिशत परीक्षार्थी बागमती प्रदेशमा रहेका छन । त्यस्तै एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्रमध्ये सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा रहेको जानकारी सामजिक विकास मन्त्रालयका शाखा अधिकृत विजय बिडारीले जानकारी दिनुभयो । वागमती प्रदेशका १ लाख १ हजार ७३ सय ३३ परीक्षार्थीका लागि ४ सय ३४ परीक्षा केन्द्र रहेको अधिकृत बिडारीले जानकारी दिनुभएको छ ।

187 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार

गीति एल्बम ‘जागृति’ लोकार्पण

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal