मन्त्री श्रेष्ठद्धारा हेटौंडामा एसईई परीक्षाको अनुगमन

२०७९ चैत्र १७ गते, शुक्रबार

हेटौडा । आजबाट शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री तथा सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले अनुगमन गर्नुभएको छ ।

हेटौंडाको आधुनिक राष्ट्रिय मावि र भूटनदेवी मावि परीक्षा केन्द्र पुगेर मन्त्री श्रेष्ठले विद्यार्थीहरूलाई परीक्षाको सफलता र उनीहरूको सुखद भविष्यको शुभकामना दिनुभएको मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठले परीक्षा अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित रहेकोमा खुसी व्यक्त गर्दै परीक्षा केन्द्राध्यक्षलगायत टीमलाई धन्यवाद दिनुभएको छ । साथै परीक्षालाई अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन बागमती प्रदेश सरकारले सम्बन्धित सबै निकायलाई आवश्यक निर्देशन दिएको पनि सचिवालयले जनाएको छ । त्यस्तै मन्त्री श्रेष्ठले विशेष अवस्थाका परीक्षार्थीलाई समेत हौसला प्रदान गर्नुभएको थियो । उहाँले स्वास्थ्यकर्मीहरुलाई शतर्क रहन पनि आग्रह गर्नुभयो ।

चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी भएका र त्यसमध्ये करिब २० प्रतिशत परीक्षार्थी बागमती प्रदेशमा रहेका छन । त्यस्तै एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्रमध्ये सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा रहेको जानकारी सामजिक विकास मन्त्रालयका शाखा अधिकृत विजय बिडारीले जानकारी दिनुभयो । वागमती प्रदेशका १ लाख १ हजार ७३ सय ३३ परीक्षार्थीका लागि ४ सय ३४ परीक्षा केन्द्र रहेको अधिकृत बिडारीले जानकारी दिनुभएको छ ।

205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal