डोल्पा अस्पतालको पीडाः दुई वटा एम्बुलेन्स छन् तर अस्पतालसम्म जान र आउन भने पाउँदैनन्

२०७९ चैत्र ९ गते, बिहीबार

हेमन्त केसी
सुर्खेत । जिल्ला अस्पताल डोल्पामा दुई वटा एम्बुलेन्स छन् तर अस्पतालसम्म जान र आउन भने पाउँदैनन् ।

अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारी पट्टी थन्क्याउनुपर्ने बाध्यता रहेको छ । दुई मध्ये एक एम्बुलेन्स वर्ष दिन अघिदेखि सञ्चालनमा छैन । अर्को एम्बुलेन्सले भेरी नदी पारी पट्टीसम्म मात्र सेवा दिने गर्दछ । झन्डै एक किलोमिटर टाढाको दुरीमा एम्बुलेन्सबाट बिरामी झारेर स्टेचरको माध्यमबाट बिरामीलाई अस्पतालसम्म लिने र ल्याउने गरिन्छ ।

स्टेचरमा राखेर बिरामी लिन र ल्याउन समेत साँघुरो बाटो भएकाले सधैँ मुस्किल हुने गरेको ठुलिभेरीका नवराज थापाले बताउनुभयो । अस्पतालबाट बाहिर लिनका लागि सिफारिस गरिएका बिरामीलाई समेत एम्बुलेन्ससम्म पुर्‍याउन समस्या हुँदै आएको छ । कतिपय गर्भवतीलाई अस्पतालसम्म ल्याउँदा ,ल्याउँदै बाटोमै सुत्केरी समेत हुने गरेको डा।सुस्मिता जोशीले बताउनुभयो।

अस्पताल बिरामी लिन र ल्याउन भेरी नदी बाधक देखिएको छ । भेरी नदीमा पुल निर्माण नहुँदा १ किलोमिटर लामो बाटो प्रयोग गरेर स्टेचरको भरमा मुस्किलले अस्पतालसम्म बिरामी पुर्‍याउने गरिएको डा.जोशीले बताउनुभयो । अहिले झोलुङ्गे पुलको सहारामा बिरामी तथा यहाँका सर्वसाधारणहरू वल्लो दुनैबाट पल्लो दुनै जाने र आउने गरेका छन् ।

ुसाँघुरो बाटो एक किलोमिटर हिँडेर अस्पतालसम्म जान र आउन निकै समस्या हुने गरेको छ, हामी समस्या समाधानका लागि प्रयास जारी राखेका छौँ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल शाहीले भन्नुभयो ।

२५ शय्याको नयाँ अस्पतालको निर्माण कार्य जारी रहेको छ । अस्पताल निर्माणका लागि आवश्यक सामग्री लिन समेत समस्या हुँदै आएको बताइएको छ । बिरामी मात्र होइन, अस्पतालमा आवश्यक उपकरणदेखि अन्य सामग्री लिन समेत समस्या रहँदै आएको छ ।

स्वास्थ्य सेवा कार्यालय वल्लो दुनैमा रहेको छ भने अस्पताल पल्लो दुनैमा रहेको छ । कर्मचारी तथा स्वास्थ्यकर्मीलाई जान र आउन मात्र आधा घण्टा लाग्छ । अहिले स्वास्थ्य सेवा कार्यालयको मातहतमा जिल्ला अस्पताल रहेको छ । भेरी करिडोरभित्र दुई वर्षअघि मात्र डोल्पाको सदरमुकाम दुनै सडक सञ्जालसँग जोडिएको थियो ।

ठुलिभेरी , त्रिपुरासुन्दरी नगरपालिकाबाट ल्याइएका बिरामीले सबैभन्दा बढी सास्ती भोग्दै आएका छन् । त्यस्तै तिब्ला सडक निर्माण गर्ने भन्दै दुनै बजार नै जोखिममा पर्ने गरी पहाड खोलिँदै छ तर अस्पताल जाने र आउने सडक निर्माणतर्फ कसैको पनि ध्यान नगएको भन्दै सर्वसाधारणहरू आक्रोशित भएका छन् ।

180 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

१० करोडको नजिक ‘गौंथली’

२०८३ श्रावण १२ गते, मंगलवार

सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

२०८३ श्रावण १२ गते, मंगलवार

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न

२०८३ श्रावण १२ गते, मंगलवार

एमबीएसको प्रश्नपत्र आउट प्रकरणः थप २ जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

२०८३ श्रावण १२ गते, मंगलवार

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त

२०८३ श्रावण १२ गते, मंगलवार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal