डोल्पा अस्पतालको पीडाः दुई वटा एम्बुलेन्स छन् तर अस्पतालसम्म जान र आउन भने पाउँदैनन्

हेमन्त केसी
सुर्खेत । जिल्ला अस्पताल डोल्पामा दुई वटा एम्बुलेन्स छन् तर अस्पतालसम्म जान र आउन भने पाउँदैनन् ।
अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारी पट्टी थन्क्याउनुपर्ने बाध्यता रहेको छ । दुई मध्ये एक एम्बुलेन्स वर्ष दिन अघिदेखि सञ्चालनमा छैन । अर्को एम्बुलेन्सले भेरी नदी पारी पट्टीसम्म मात्र सेवा दिने गर्दछ । झन्डै एक किलोमिटर टाढाको दुरीमा एम्बुलेन्सबाट बिरामी झारेर स्टेचरको माध्यमबाट बिरामीलाई अस्पतालसम्म लिने र ल्याउने गरिन्छ ।
स्टेचरमा राखेर बिरामी लिन र ल्याउन समेत साँघुरो बाटो भएकाले सधैँ मुस्किल हुने गरेको ठुलिभेरीका नवराज थापाले बताउनुभयो । अस्पतालबाट बाहिर लिनका लागि सिफारिस गरिएका बिरामीलाई समेत एम्बुलेन्ससम्म पुर्याउन समस्या हुँदै आएको छ । कतिपय गर्भवतीलाई अस्पतालसम्म ल्याउँदा ,ल्याउँदै बाटोमै सुत्केरी समेत हुने गरेको डा।सुस्मिता जोशीले बताउनुभयो।
अस्पताल बिरामी लिन र ल्याउन भेरी नदी बाधक देखिएको छ । भेरी नदीमा पुल निर्माण नहुँदा १ किलोमिटर लामो बाटो प्रयोग गरेर स्टेचरको भरमा मुस्किलले अस्पतालसम्म बिरामी पुर्याउने गरिएको डा.जोशीले बताउनुभयो । अहिले झोलुङ्गे पुलको सहारामा बिरामी तथा यहाँका सर्वसाधारणहरू वल्लो दुनैबाट पल्लो दुनै जाने र आउने गरेका छन् ।
ुसाँघुरो बाटो एक किलोमिटर हिँडेर अस्पतालसम्म जान र आउन निकै समस्या हुने गरेको छ, हामी समस्या समाधानका लागि प्रयास जारी राखेका छौँ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल शाहीले भन्नुभयो ।
२५ शय्याको नयाँ अस्पतालको निर्माण कार्य जारी रहेको छ । अस्पताल निर्माणका लागि आवश्यक सामग्री लिन समेत समस्या हुँदै आएको बताइएको छ । बिरामी मात्र होइन, अस्पतालमा आवश्यक उपकरणदेखि अन्य सामग्री लिन समेत समस्या रहँदै आएको छ ।
स्वास्थ्य सेवा कार्यालय वल्लो दुनैमा रहेको छ भने अस्पताल पल्लो दुनैमा रहेको छ । कर्मचारी तथा स्वास्थ्यकर्मीलाई जान र आउन मात्र आधा घण्टा लाग्छ । अहिले स्वास्थ्य सेवा कार्यालयको मातहतमा जिल्ला अस्पताल रहेको छ । भेरी करिडोरभित्र दुई वर्षअघि मात्र डोल्पाको सदरमुकाम दुनै सडक सञ्जालसँग जोडिएको थियो ।
ठुलिभेरी , त्रिपुरासुन्दरी नगरपालिकाबाट ल्याइएका बिरामीले सबैभन्दा बढी सास्ती भोग्दै आएका छन् । त्यस्तै तिब्ला सडक निर्माण गर्ने भन्दै दुनै बजार नै जोखिममा पर्ने गरी पहाड खोलिँदै छ तर अस्पताल जाने र आउने सडक निर्माणतर्फ कसैको पनि ध्यान नगएको भन्दै सर्वसाधारणहरू आक्रोशित भएका छन् ।
ताजा

पाँचौ सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ मा हुने
२०८० आश्विन ५ गते, शुक्रबार
पाँचौ सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ मा हुने
२०८० आश्विन ५ गते, शुक्रबार
दलाल पूँजीपतिद्वारा संक्रमित व्यवस्थापिका र कार्यपालिका
२०८० आश्विन ५ गते, शुक्रबार
संगीत सुख दुःखको सारथी हो
२०८० आश्विन ५ गते, शुक्रबार
शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन
२०८० आश्विन ३ गते, बुधबार
एमालेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम
२०८० आश्विन ३ गते, बुधबार
संविधानले सम्झिएका सुशील र सुवास
२०८० आश्विन ३ गते, बुधबार
आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछः राष्ट्रपति पौडेल
२०८० आश्विन ३ गते, बुधबार
संविधानको कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्न सरकार प्रतिबद्ध छःः प्रधानमन्त्री दाहाल
२०८० आश्विन ३ गते, बुधबार
मुलुकलाई संविधानले समृद्धितर्फ अघि बढ्न दिशानिर्देश गरेको छः देउवा
२०८० आश्विन ३ गते, बुधबार
आज संविधान दिवस, सार्वजनिक विदा
२०८० आश्विन ३ गते, बुधबारलोकप्रिय

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार
राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ
२०८० असार २४ गते, आईतवार
१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार