कपिलवस्तु मदिरा व्यवसायी संघमा कुलचन्द्र सिग्देल सर्वसम्मत निर्वाचित
रोशन ज्ञवाली
काठमाडौं । मदिरा व्यवसायी संघ कपिलवस्तुले नयाँ नेतृत्व पाएको छ । हिजो कपिलबस्तुको बुद्धभूमि २, गोरुसिंगेमा संघको आठौं साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्ष पदमा कुलचन्द्र सिग्देल सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
अधिवेशनले १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ जसमा वरिष्ठ उपाध्यक्षमा गोविन्द प्रसाद पौडेल, प्रथम उपाध्यक्षमा रविन्द्र कुमार गुप्ता (कशौधन), द्वितीय उपाध्यक्षमा सुधिर कुमार गुप्ता र तृतीय उपाध्यक्षमा मधु सिग्देल रहनु भएको छ ।

यस्तै संघको महासचिवमा रामप्रसाद न्यौपाने, कोषाध्यक्षमा लोकेन्द्र पौडेल, सचिवमा खगेन्द्र पौडेल र सह कोषाध्यक्षमा बलराम घिमिरे अधिवेशनबाट सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
यसैगरी समितिका सदस्यहरुमा बिनोद जयसवाल, कृष्ण प्रसाद गैरे, मनोज बञ्जाडे, ओम बहादुर थापा, विकास कुमार जयसवाल, जुना विष्ट र कृष्ण प्रसाद घिमिरे चयन भएको निर्वाचन मण्डलका संयोजक चुन्ना प्रसाद उपाध्यायले जानकारी दिनु भयो । अधिवेशनले ३ सदस्यीय लेखा समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा सुनिल श्रेष्ठ र टेकराज पौडेल सर्वसम्मत चयन भएका छन् ।

नव निर्वाचित अध्यक्ष सिग्देलले संघलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउने विश्वास व्यक्त गर्नुका साथे उहाँले सबै मदिरा व्यवसायीहरुको हकहितका सवालमा संघले बुलन्द आवाज उठाउने उदघोष गर्नुभयो । अध्यक्षको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष सिग्देलले करलाई मैत्रीपूर्ण बनाउन व्यवसायीलाई आग्रह गर्नुभयो ।
सबैभन्दा बढी राजश्व असुली हुने व्यवसाय नै मदिरा व्यवसाय भएकाले यसको नीति नियमबारे सबैले जानकारी राख्नुपर्नेमा उपस्थित वक्ताहरुको जोड रहेको थियो । उनीहरुले जिल्लाभरका सबै मदिरा व्यवसायी संगठित हुनुपर्नेमा जोड दिए । २०७२ सालमा गठन भएको कपिलवस्तु मदिरा संघमा जिल्लाका ७ दर्जन बढी मदिरा व्यवसायी आबद्ध छन् ।
स्मरणरहोस सिग्देल यस क्षेत्रमा विगत २० बर्षभन्दा बढी क्रियाशील रहँदै आउनु भएको छ ।
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





