कपिलवस्तु मदिरा व्यवसायी संघमा कुलचन्द्र सिग्देल सर्वसम्मत निर्वाचित

रोशन ज्ञवाली
काठमाडौं । मदिरा व्यवसायी संघ कपिलवस्तुले नयाँ नेतृत्व पाएको छ । हिजो कपिलबस्तुको बुद्धभूमि २, गोरुसिंगेमा संघको आठौं साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्ष पदमा कुलचन्द्र सिग्देल सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
अधिवेशनले १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ जसमा वरिष्ठ उपाध्यक्षमा गोविन्द प्रसाद पौडेल, प्रथम उपाध्यक्षमा रविन्द्र कुमार गुप्ता (कशौधन), द्वितीय उपाध्यक्षमा सुधिर कुमार गुप्ता र तृतीय उपाध्यक्षमा मधु सिग्देल रहनु भएको छ ।
यस्तै संघको महासचिवमा रामप्रसाद न्यौपाने, कोषाध्यक्षमा लोकेन्द्र पौडेल, सचिवमा खगेन्द्र पौडेल र सह कोषाध्यक्षमा बलराम घिमिरे अधिवेशनबाट सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
यसैगरी समितिका सदस्यहरुमा बिनोद जयसवाल, कृष्ण प्रसाद गैरे, मनोज बञ्जाडे, ओम बहादुर थापा, विकास कुमार जयसवाल, जुना विष्ट र कृष्ण प्रसाद घिमिरे चयन भएको निर्वाचन मण्डलका संयोजक चुन्ना प्रसाद उपाध्यायले जानकारी दिनु भयो । अधिवेशनले ३ सदस्यीय लेखा समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा सुनिल श्रेष्ठ र टेकराज पौडेल सर्वसम्मत चयन भएका छन् ।
नव निर्वाचित अध्यक्ष सिग्देलले संघलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउने विश्वास व्यक्त गर्नुका साथे उहाँले सबै मदिरा व्यवसायीहरुको हकहितका सवालमा संघले बुलन्द आवाज उठाउने उदघोष गर्नुभयो । अध्यक्षको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष सिग्देलले करलाई मैत्रीपूर्ण बनाउन व्यवसायीलाई आग्रह गर्नुभयो ।
सबैभन्दा बढी राजश्व असुली हुने व्यवसाय नै मदिरा व्यवसाय भएकाले यसको नीति नियमबारे सबैले जानकारी राख्नुपर्नेमा उपस्थित वक्ताहरुको जोड रहेको थियो । उनीहरुले जिल्लाभरका सबै मदिरा व्यवसायी संगठित हुनुपर्नेमा जोड दिए । २०७२ सालमा गठन भएको कपिलवस्तु मदिरा संघमा जिल्लाका ७ दर्जन बढी मदिरा व्यवसायी आबद्ध छन् ।
स्मरणरहोस सिग्देल यस क्षेत्रमा विगत २० बर्षभन्दा बढी क्रियाशील रहँदै आउनु भएको छ ।
ताजा

सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया
२०८२ बैशाख १२ गते, शुक्रबार
सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया
२०८२ बैशाख १२ गते, शुक्रबार
सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा
२०८२ बैशाख १२ गते, शुक्रबार
वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल
२०८२ बैशाख १२ गते, शुक्रबार
‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक
२०८२ बैशाख १२ गते, शुक्रबार
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम
२०८२ बैशाख १२ गते, शुक्रबार
‘के गरौं भन तिम्रो हुनलाई’ मा गरिमा र रञ्जनको रोमान्टिक अवतार (भिडियो)
२०८२ बैशाख १२ गते, शुक्रबार
एमालेको भोलिको युथ सेलिब्रेशनलक्षित प्रभु साहको टिप्पणीः ‘लाशमाथि हत्याराको उत्सव’
२०८२ बैशाख १० गते, बुधबार
वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७ देखि १९ गतेसम्म हुने
२०८२ बैशाख १० गते, बुधबार
सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन
२०८२ बैशाख १० गते, बुधबार
“च्यारिटी रनवे २०२५ भोल्युम २” भव्य रूपमा सम्पन्नः अदृश्य प्रतिभाले पाए मञ्च
२०८२ बैशाख १० गते, बुधबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार