स्ववियु चुनाव: मौन अवधि सुरू

२०७९ चैत्र ३ गते, शुक्रबार

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा गएराति १२ बजेदेखि मौन अवधि सुरू भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरू भएको हो ।

निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार(प्रसार बन्द गरिने प्रावधान रहेअनुरूप उक्त निर्देशन जारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।

स्ववियु निर्वाचन आचारसंहितामा प्रचार(प्रसार गर्न रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।

देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार स्ववियु निर्वाचन हुँदैछ ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

172 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार

गीति एल्बम ‘जागृति’ लोकार्पण

२०८३ श्रावण १८ गते, सोमबार

सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान

२०८३ श्रावण १८ गते, सोमबार

पुनः भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा विहानैदेखि वर्षा

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal